• होमपेज
  • अटो
  • हुन्डाईको नयाँ शोरुम वीरगन्जमा

हुन्डाईको नयाँ शोरुम वीरगन्जमा

  • बुधबार, अशोज २४, २०७५
हुन्डाईको नयाँ शोरुम वीरगन्जमा

नेपालका लागि हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले एकै छानामा सेल्स, सर्भिस र स्पेर पार्ट्सको सुविधा प्रदान गर्ने उद्देश्यसहित वीरगन्जस्थिते डिलर अर्किड मोटो कर्प प्रालिको संंयोजकत्वमा नयाँ थ्री एस सेन्टर स्थापना गरेको छ ।

वीरगन्ज र वरपरका क्षेत्रमा रहेको बढ्दो हुन्डाई गाडीको मागलाई मध्यनजरमा राखी सो डिलरसिपको स्थापना गरिेएको कम्पनीले जनाएको छ । उक्त सेन्टरको उद्घाटन लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका कार्यकारी निर्देशक निराकर श्रेष्ठ र विन्देश्वर शाहले संयुक्त रुपमा गर्नुभएको थियो ।

नयाँ हुन्डाई थ्री एस सेन्टरको शोेरुममा ३ देखि ४ वटासम्म गाडी डिस्प्ले हुनेछ । तालिम प्राप्त प्राविधिक तथा एयर कन्डिसन र वाईफाई सुविधायुक्त कस्टमर लाउन्ज रहेको छ । सर्भिस सेन्टरमा प्रतिमहिना ३ सय वटासम्म गाडीलाई सेवा दिने क्षमता रहनुको साथै प्रशस्त पार्किङ व्यवस्था पनि छ । साथै यस सेन्टरमा हुन्डाई जेनुइन् पार्ट्स पनि उपलब्ध हुने कम्पनीले जनाएको छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले उपत्यका बाहेकका ठाउँमा पनि ग्राहक सेवा प्रदान गर्ने लक्ष्यसहित पोखरा, नारायणघाट, बुटवल, दाङ, बिर्तामोड, जनकपुर, विराटनगर, धनगढी, इटहरी, नेपालगन्ज र वीरगन्ज जस्ता प्रमुख शहरमा १४ वटा डिलरसिप स्थापना गरिसकेको छ ।

Facebook Comments

सम्बन्धित समाचार