• होमपेज
  • पर्यटन
  • धार्मिक पर्यटकीयस्थल स्वर्गाश्रम ओझेलमा

धार्मिक पर्यटकीयस्थल स्वर्गाश्रम ओझेलमा

  • सोमवार, अशोज २२, २०७५
धार्मिक पर्यटकीयस्थल स्वर्गाश्रम ओझेलमा

बेनी नगरपालिका–३ भकिम्लीमा रहेको धार्मिक पर्यटकीयस्थल स्वर्गाश्रम प्रचारको अभावमा ओझेलमा परेको छ ।

दुई सय वर्ष पुरानो इतिहास बोकेको स्वर्गाश्रम ऋषिमुनीले तपस्या गरी ज्ञान आर्जन गरेको ठाउँका रुपमा परिचित छ । समुन्द्री सतहदेखि करीब दुई हजार ५०० मिटर उचाइमा अवस्थित सो स्थल प्राकृतिकरुपमा रमणीय र धार्मिक ऐतिहासिक महत्व बोकेको भए पनि प्रचार नहुँदा ओझेलमा परेको हो ।

स्थानीय तवरबाट पूर्वाधार विकासमा पहल भइरहेको छ । तर पनि सरकारी तवरबाट पर्याप्त पहल हुन नसक्दा यो क्षेत्रकाबारेमा प्रचार हुन नसकेको वडा सदस्य रत्नबहादुर जिसीले बताउनुभयो ।

आश्रममा १२ वर्षसम्म तपस्या गरी बस्नुभएकी इन्दिरा माताको नेतृत्व र स्थानीयको पहलमा केही वर्ष अगाडि सञ्चालित महायज्ञबाट दान सङ्कलन भएको थियो । सो दान रकमबाट गणेश मन्दिर, पानी जम्मा गर्ने कुवा, आश्रम घर र तीर्थालु बस्ने सत्तल निर्माण गरिएको स्वर्गाश्रम व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका जिसीले बताउनुभयो ।

एकान्त र ज्ञान प्राप्त हुने भएकाले अहिले पनि तपस्वी तपस्या गर्न आउने गरेका छन् । “ आश्रम नजिकैको गुफामा सप्तऋषिले तपस्या गरेको किंवदन्ती छ, स्वर्गाश्रमको दर्शन गरेमा अन्य पाँच पवित्र तीर्थस्थलको दर्शन र मनोकामना पूरा हुने जनविश्वाससमेत छ”, स्थानीय युवा तारामिलन छन्त्यालले भन्नुभयो ।

अहिले दैनिकरुपमा पूजा हुने यस स्वर्गाश्रमबाट मनोरम हिमशृङ्खला र बेनी बजारसहित, दर्जनौँ गाउँबस्तीको दृश्यावलोकन गर्न सकिन्छ । यहाँ हरेक वर्षको वैशाख १ गते रथयात्रा गरिन्छ । पुरानो इतिहास बोकेको उक्त ठाउँको प्रचार गरी पर्यटन विकास गर्न सकेमा यस क्षेत्रमा धार्मिक पर्यटकलाई भित्र्याउन सकिने स्वर्गाश्रम युवा क्लबका सचिव जीतबहादुर घर्तीले बताउनुभयो ।

यस क्षेत्रको प्रचारप्रसारसँगै पदमार्ग, आश्रमस्थललाई थप व्यवस्थित गर्ने, मन्दिर निर्माण गर्ने र ध्यान एवं तपस्या गर्ने व्यवस्थित थलो बनाउने योजनालाई बजेटका लागि पहल गरिरहेको युवा क्लबका सल्लाहकारसमेत रहेका छन्त्यालले बताउनुभयो ।

स्थानीयले स्वर्गाश्रमदेखि करीब एक घण्टाको पैदल दूरीमा रहेको बेलढुङ्गा र स्वर्गाश्रमलाई एकीकृतरुपमा धार्मिक तथा पर्यटकीयस्थलका रुपमा विकास गर्न अग्रसरता देखाएका छन् । भकिम्लीको मुसुङ र बागलुङको काठेखोला गाउँपालिकाको ओखलेको सिमानामा प्राकृतिक भ्युटावरका रुपमा रहेको बेलढुङ्गालाई प्रचारप्रसार, पदमार्ग लगायतका पूर्वाधार निर्माण गरी पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने स्थानीयको योजना छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि