• होमपेज
  • देश
  • काठमाडौँमा पनि जितिया पर्व मनाइने

काठमाडौँमा पनि जितिया पर्व मनाइने

  • सोमवार, अशोज १५, २०७५
काठमाडौँमा पनि जितिया पर्व मनाइने

आदिवासी थारू समुदायका महिलाले काठमाडौँमा पनि जितिया पर्व मनाउने भएका छन् । थारू महिला सभा काठमाडौँ उपत्यका समितिले मङ्गलबार महोत्सवकै रुपमा कार्यक्रम गरी जितिया पर्व मनाउन लागेको हो ।

आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै समितिका अध्यक्ष तारा चौधरीले नेपाल प्रज्ञा–प्रतिष्ठान कमलादीमा मङ्गलबार ‘थारू राष्ट्रिय जितिया महोत्सव’ आयोजना गरिएको बताउनुभयो । यस्तै काठमाडौँको बानेश्वर र राष्ट्रिय नाचघरमा समेत जितिया विशेष कार्यक्रम आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

आजदेखि १७ गते तीन दिनसम्म उक्त पर्व मनाइनेछ । मुख्यतः नवलपरासी पूर्वको तराईका जिल्लामा पर्व मनाउने गरिएको भए पनि पछिल्ला वर्षमा काठमाडौँमा समेत मनाउन थालिएको छ । हिन्दू नारीले तीजमा जस्तै थारू महिलाले पनि प्रत्येक वर्ष असोज कृष्ण पक्ष सप्तमीदेखि नवमीसम्म जितिया मनाउँछन् । परिवारको सुख, शान्ति र दीर्घायुको कामना गर्दै आपसी प्रेम साटासाट गरेर जितिया मनाइन्छ ।

आज राति दर खाने अर्थात् लाहा खाने, अष्टमीका दिन मङ्गलबार उपवास बसी जितमहानको कथा सुन्ने, गाउँका महिला जम्मा भएर मौलिक नाच झमटा प्रदर्शन गर्ने गरिन्छ । नवमीमा जितमहान बाबा र घरको कुलदेवताको पूजाआजा गरी जितिया समाप्त हुने थारू विद्यार्थी सभाका केन्द्रीय सहसंयोजक प्रेमा चौधरीले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा बोल्दै थारू युवा सभाका केन्द्रीय अध्यक्ष कानून चौधरीले तराईका जिल्लामा मनाइने जितिया पर्व थारू समुदायको मौलिक संस्कृति भएकाले यसको जगेर्ना गर्नुपर्नेमा जोड दिनुभयो ।

थारू कल्याणकारिणी सभाका केन्द्रीय कार्यवाहक अध्यक्ष कनुलाल चौधरीले संस्कृतिको संरक्षणका लागि नै काठमाडौँमा पनि जितिया पर्व मनाउन थालिएको उल्लेख गर्नुभयो । सो क्रममा थारू अगुवा डम्बरप्रसाद चौधरीले जितिया पर्वको महत्वका बारेमा जानकारी गराउनुभएको थियो ।

जितियामा निराहार व्रत बसेका महिलाले जलाशयमा नुहाएर माटोको प्रतिमामा पूजा गर्दछन् । परिवारको स्वास्थ्य र असल पतिको कामनाका साथ गीत गाउँदै मीठो मसिनो खाएर यो चाड मनाउने परम्परा छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि