• होमपेज
  • प्रविधि
  • एनसेल ‘स्टार हम्बल हिरो’ सन्दिप

एनसेल ‘स्टार हम्बल हिरो’ सन्दिप

  • आइतवार, अशोज १४, २०७५
एनसेल ‘स्टार हम्बल हिरो’ सन्दिप

एनसेल प्राईभेट लिमिटेडले बिहीवार (असोज १२ गते) नेपाललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा गर्ववान्वित बनाएका क्रिकेटर सन्दिप लामिछानेलाई आफ्नो ‘स्टार हम्बल हिरो’मा दुई बर्षका लागि आबद्ध गरेको छ ।

‘स्टार हम्बल हिरो’ कार्यक्रम एनसेलले आफ्नो सपनाप्रति प्रतिबद्ध रहँदै आफ्ना वरिपरिका सबैलाई उत्प्रेरित गरिरहेका, आफुलाई उत्कृष्ट बनाउन तथा आफ्नो समुदाय र देशलाई गर्ववान्वित बनाउने कार्य गरिरहेका प्रतिभाशाली व्यक्तित्वको सम्मान गर्दै रचनात्मक योगदान पुर्याउने उद्देश्य लिई तयार पारेको हो ।

यो पहल एनसेलले आफ्नो ब्राण्डको सार ‘आज, भोलि, सधै सँगै’ अनुरुप तयार गरिएको हो । यसमा कम्पनीले निस्वार्थ भावनाका साथ दैनिकरुपमा देश र जनताका लागि अद्भुत कार्यहरु गर्दै नेपाललाई गौरवशाली राष्ट्र बनाउन योगदान पुर्याउने प्रेरणादायी तथा प्रतिभाशाली व्यक्तित्वहरुलाई आबद्ध गर्दै जानेछ ।

एनसेलले आफ्नो स्टार हम्बल हिरो अभियानको घोषणा बिहिवार एक कार्यक्रम माझ गरेको हो । कार्यक्रम सिफल स्थित बाल मन्दिरको बाल संरक्षण गृहको परिसरमा भएको थियो । त्यहाँ सन्दिपले बाल मन्दिरका बालबालिकाहरुलाई सम्बोधन गर्दै, उनीहरुसँग कुराकानी गर्दै उनीहरुलाई हौस्याएका थिए । बालबालिकाहरुले सन्दिपसँग क्रिकेट खेल्दै रमाइलो गरेका थिए ।

“देशमा रहेका प्रतिभालाई प्रेरणा तथा हौसला प्रदान गर्न एनसेलले शुरु गरेको यो पहल वास्तवमै सरहानिय छ । यसले हामी सबैलाई आफ्नो सपना प्रति प्रतिबद्ध रहँदै समाजमा केहि गर्ने उर्जा प्रदान गर्ने विश्वास छ,” सन्दिपले भने ।

“नेपाली क्रिकेटका चम्किला तारा सन्दिपलाई स्टार हम्बल हिरोको रुपमा घोषणा गर्न पाएकोमा हामी निकै हर्षित छौं । उनको उर्जा तथा मनोभाव हाम्रो सृजनशील र सफलता अभिमुख संस्कृतिको विकास तथा प्रवर्धन गर्ने उद्देश्यसित मेल खान्छ,” एनसेलका प्रमुख कमर्शियल अधिकृत एण्डी चोङ्ले भने ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि