• होमपेज
  • प्रविधि
  • एनसेलद्वारा ‘रिचार्ज एण्ड विन’ अफर तेस्रो हप्ताका भाग्यशालीले पाए रु एक लाख

एनसेलद्वारा ‘रिचार्ज एण्ड विन’ अफर तेस्रो हप्ताका भाग्यशालीले पाए रु एक लाख

  • शनिबार, अशोज १३, २०७५
एनसेलद्वारा ‘रिचार्ज एण्ड विन’ अफर तेस्रो हप्ताका भाग्यशालीले पाए रु एक लाख

एनसेल प्राईभेट लिमिटेडले नजिकिदै गरेको चाडपर्वको अवसरमा संचालन गरिरहेको आकर्षक ‘रिचार्ज एण्ड विन’ अफर अन्र्तगत यही असोज ११ गते (बिहिवार) तेस्रो हप्ताका विजेताहरुलाई नगद पुरस्कार हस्तान्तरण गरेको छ ।

‘रिचार्ज एण्ड विन’ १० हप्ता सम्ममा संचालनमा रहने अफर हो । तेस्रो हप्ताका विजेताहरु मंगलबार (असोज ९ गते) एपि वान टेलिभिजनमा प्रत्यक्ष प्रशारण गरिएको लाईभ ड्र कार्यक्रम मार्फत छानिएका हुन् ।

तेस्रो हप्ताका १० भाग्यशाली विजेता ग्राहकहरु मध्ये आठ जनाले बिहिबार जनही नगद रु एक लाख पुरस्कार ग्रहण गरेका छन् । यस हप्ताका घोषित कुल १० जना विजेताहरु मध्ये एक जनाको पहिचान तथा प्रमाणित गर्ने काम भई रहेको छ भने एक जना विजेता योजनाको शर्त बमोजिम पुरस्कार पाउनका लागि अयोग्य ठहरिएकोले उनको स्थानमा एक नयाँ भाग्यशाली ग्राहकको छनौट अर्को हप्ता गरिने एनसेलले बताएको छ ।

एनसेलले भाग्यशाली विजयी ग्राहकहरुलाई काठमाडौं लगायत उपत्यका बाहिर अवस्थित एनसेल सेन्टरहरुबाट नगद पुरस्कार प्रदान गर्नेछ ।

एनसेलका प्रमुख सूचना अधिकृत विशाल उपाध्यायले काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रम माझ तेस्रो हप्ताका आठ विजयीहरु ––तिलमाया मानन्धर (स्याङ्जा), माधव भण्डारी (दाङ्ग), मिरा चेपाङ्ग (गोरखा), पासपति चौधरी (नवलपरासी), अमिर सारु (रुपन्देही), पल्टु चौधरी (सुनसरी), डोल कुमारी मगर (रौतहट) र पद्म कुमारी दंगाल (सिन्धुपाल्चोक)––लाई जनही रु एक लाख नगद पुरस्कार हस्तान्तरण गरेका हुन् ।

सोही कार्यक्रममा उपाध्यायले पहिलो हप्ताको पुरस्कार ग्रहण गर्न बाँकी मध्येका एक –– उदयपुरका खिल बहादुर तामाङ्ग –– र दोस्रो हप्ताको विजयी मध्येका २ जना ग्राहक ––काभ्रेपलाञ्चोककी शान्ति तामाङ्ग र तनहुँका खड्ग बहादुर श्रेष्ठ –– लाई पनि नगद पुरस्कार प्रदान गरे । यसै हप्ता कम्पनीले पहिलो हप्ताका एक विजेता पर्साका गौतम पौडेललाई पनि उनको भक्तपुर स्थित कार्यलयमा पुगेर नगद पुरस्कार हस्तान्तरण गरको छ ।

बिहीबार नै एनसेलले पहिलो हप्ताका विजेता मध्येका एक सिराहाकी अरुहिलिया देवी साहलाई एनसेल सेन्टर लाहानबाट नगद पुरस्कार प्रदान गरेको छ । साथै कम्पनीले दोस्रो हप्ताका विजयीहरु –– नवलपरासीकी नन्द कुमारी जिसीलाई एनसेल सेन्टर बुटवलबाट, कन्चनपुरका हरिन्द्र सिंहलाई एनसेल सेन्टर महेन्द्रनगरबाट, झापाका रितेश भुषाल र नर माया चापागाँईलाई एनसेल सेन्टर बिर्तामोडबाट र भोजपुरकी चन्द्रकला राईलाई इटहरी स्थित एनसेल सेन्टरबाट –– नगद पुरस्कार हस्तान्तरण गरेको छ ।

‘रिचार्ज एण्ड विन’ अफर भाद्र १७ गतेबाट संचालनमा रहेको छ । यस योजनामा सप्ताहभर रु १०० वा सो भन्दा बढी रिचार्ज गर्ने एनसेलका सम्पूर्ण प्रिपेड तथा पोस्टपेड ग्राहकले आकर्षक नगद पुरस्कार जित्ने अवसर प्राप्त गर्दछन् । यो योजना अन्र्तगत प्रत्येक हप्ता १० जना विजयी ग्राहकले जनही खुद रु एक लाख नगद पुरस्कार पाउँछन् । नगद पुरस्कारमा लाग्ने कर कम्पनीले नै व्यहोर्दछ ।

यो योजना साप्ताहिक चक्रमा संचालन भईरहेको छ, जसको शुरुवात आइतबार हुन्छ भने समापन शनिबार हुन्छ । ग्राहकले आइतबार देखि शनिबार सम्मको अवधिमा गरेको प्रत्येक रु १०० बराबरको रिचार्जका आधारमा एसएमएस मार्फत एउटा कोड प्राप्त गर्छन् । उदाहरणको लागि ग्राहकले आइतबार देखि शनिबार सम्ममा रु २५० को रिचार्ज गरेका छन् भने सो सप्ताह लगत्तैको सोमबार सम्ममा एसएमएस मार्फत दुई वटा विशेष कोडहरु प्राप्त गर्छन् ।

प्रत्येक हप्ताको १० भाग्यशाली ग्राहकहरुको छनौट मंगलवार प्रत्यक्ष प्रशारण हुने लाइभ ड्र कार्यक्रम मार्फत गरिन्छ । चर्चित व्यक्तित्वहरुको उपस्थितीमा हुने सो कार्यक्रम मंगलबार साँझ ७ः०० बजे एपि वान टेलिभिजनमा प्रत्यक्ष प्रसारण हन्छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि