• होमपेज
  • प्रविधि
  • एनसेलको आईफ्लिक्स डेटा प्याकमा भारी छुट 

एनसेलको आईफ्लिक्स डेटा प्याकमा भारी छुट 

  • मङ्लबार, अशोज २, २०७५
एनसेलको आईफ्लिक्स डेटा प्याकमा भारी छुट 

एनसेल प्राईभेट लिमिटेडले संविधान दिवसको अवसरमा नयाँ अफर सार्वजनिक गरेको छ, जस अन्र्तगत ग्राहकहरुले आकर्षक छुट सहितको दरमा माईफाइभ र आईफ्लिक्स सेवा प्रयोग गर्न सक्नेछन् ।

एनसेलका ग्राहकहरुले मंगलबार (असोज २ गते) बाट यो अफरको लाभ लिन सक्नेछन् । यो अफर १५ दिन सम्म संचालनमा रहनेछ ।

यस विषेश योजना अन्र्तगत एनसेलका सबै प्रिपेड ग्राहकले अब मात्र रु ५ (कर बाहेक) मा माईफाइभ सेवा सुचारु गरी एनसेलका पाँच वटा आत्मिय (माईफाइभ) नम्बरमा मात्र ५० पैसा (कर बाहेक) प्रति मिनेटको दरमा कुरा गर्न सक्नेछन् । विद्यमान शुल्कमा माईफाइभ सेवा सुचारु गर्न प्रति महिना कर बाहेक रु २० र माईफाइभ नम्बरहरुमा कुरा गर्न प्रति मिनेट ९९ पैसा (कर बाहेक) लाग्दछ ।

एनसेलका प्रिपेड ग्राहकले एस्ट्रिक्स ५५८८ ह्यास डायल गरी अफर अन्तर्गत एक महिनाका लागि माईफाइभ सेवा सुचारु गर्न सक्छन् । प्रत्येक महिना स्वतः नविकरण हुने गरी माईफाइभ सेवा लिन चाहने ग्राहकले एस्ट्रिक्स५५९९ह्यास डायल गरी यो सेवा सुचारु गर्न सक्छन् । पाँच वटा नम्बरहरु माईफाइभ सर्कलमा राखी सके पश्चात नम्बर परिवर्तन गर्दा प्रत्येक नम्बर परिर्वतनको कर बाहेक रु ५ शुल्क लाग्नेछ ।

संविधान दिवसको अवसरमा आएको नयाँ अफरमा एनसेलले आफ्ना ग्राहकका लागि सुलभ दरमा भिडियो कन्टेन्टमा पहुँच सुनिश्चित गर्न आईफ्लिक्सको डेटा शुल्कमा पनि भारी छुट प्रदान गरेको छ ।

यस अन्र्तगत ग्राहकले अब आईफ्लिक्स विभिन्न चार प्रकारका डेटा प्याकहरु मध्ये कुनै पनि प्याक कर बाहेक मात्र रु १० मा सुचारु गर्न सक्छन् । विद्यमान शुल्क अनुसार, यी चार डेटा प्याकहरु –– एक घण्टाको आईफ्लिक्स डेटा प्याक (वान टाइम), एक घण्टाको आईफ्लिक्स डेटा प्याक (रिकरिङ्ग), अनलिमिटेड नाईट आईफ्लिक्स डेटा प्याक (वान टाइम) र अनलिमिटेड नाईट आईफ्लिक्स डेटा प्याक (रिकरिङ्ग) –– को दर कर बाहेक रु ४४.२५ रहेको थियो ।

एनसेलका ग्राहकले अब आईफ्लिक्सका यी डेटा प्याक मात्र रु १० (कर बाहेक) मा प्रयोग गर्दै यसमा रहेको बृहत भिडियो कन्टेन्टहरुको मनोरञ्जन लिन सक्नेछन् । आईफ्लिक्स एक इन्टरनेट टिभी सेवा हो जसको बृहत अनलाइन लाइब्रेरीबाट प्रयोगकर्ताहरुले चर्चित तथा आफुलाई मनपर्ने सिनेमा, टिभी शो तथा अन्य धेरै कन्टेन्टहरु अनलाइन हेर्न तथा डाउनलोड गर्न सक्छन् ।

संविधान दिवसको अवसरमा आफ्ना ग्राहकहरुका लागि आकर्षक छुट योजना ल्याउन पाएकोमा कम्पनी हर्षित भएको एनसेलले जनाएको छ । यस योजनाले ग्राहकलाई अझ सुलभ दरमा आफ्ना साथिभाई तथा परिवारसँग सम्पर्कमा रहिरहन र सूचना, जानकारी हाषिल गर्न तथा मनोरञ्जनको लागि भिडियो कन्टेन्टको पहुँचलाई सुनिश्चित गर्ने विश्वास एनसेलले लिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि