• होमपेज
  • पर्यटन
  • गन्तब्य बन्दै बराहताल

गन्तब्य बन्दै बराहताल

  • सोमवार, अशोज १, २०७५
गन्तब्य बन्दै बराहताल

बागलुङ नगरपालिका–१० भकुण्डेस्थित बराहताल पर्यटकीय गन्तव्य बन्दै गएको छ ।

ऐतिहासिक तथा धार्मिक महत्व बोकेको बराहतालको अवलोकनका लागि पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ । स्थानीयवासी सोमबहादुर थापामगरका अनुसार यहाँ बैकुण्ठ पूर्णिमामा ठूलो मेला लाग्छ । बराहतालमा असोज र जेठको पूर्णिमामा भेँडाको बलि दिएर पूजा गर्ने परम्परा छ ।

“भाकल गर्नेले अरु बेला पनि बलि दिएर पूजा गर्छन्,” थापामगरले भन्नुभयो । ताल छेउमा रहेको बराह मन्दिरमा पूजापाठ गरे मनोकांक्षा पूरा हुने जनविश्वास छ । धार्मिक आस्था राख्नेदेखि प्रकृतिप्रेमी पर्यटकका लागि बराहताल उपयुक्त गन्तव्य मानिन्छ । दैनिक सयौँ आन्तरिक पर्यटक तथा भक्तजन ताल अवलोकनका लागि पुग्ने गर्छन् ।

दुई हजार ८२६ वर्ग मिटरमा फैलिएको सो तालमा पर्यटक आकर्षित गर्न डुङ्गा सयरको व्यवस्था गरिएको छ । एक हजार ३०० मिटरको उचाइमा रहेको ताल क्षेत्रमा पुग्न सदरमुकामबाट पैदल एक घण्टामै पुग्न सकिन्छ ।

भकूण्डेको घरवास, भ्यूटावर र बलेवाको भैरवथान घुम्न आउने पर्यटकले तालको समेत अवलोकन गर्ने गरेको ताल संरक्षण समितिका अध्यक्ष चन्द्रबहादुर थापामगरले बताउनुभयो । समितिको पहलमा ताल संरक्षण तथा पर्यटन प्रवद्र्धनका काम भइरहेका छन् ।

ताल सरंक्षणमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, सांसद विकास कोष, तत्कालीन जिल्ला भू–संरक्षण कार्यालय र गाविसकोसमेत लगानी छ । समितिले मन्दिर पुनःनिर्माण, तालको क्षेत्र विस्तार, घेराबार, पर्खाल निर्माणलगायतका काम गरिरहेको छ । “पर्यटकीय पूर्वाधारको अभाव छ । सडक र पदमार्ग स्तरीय बनाउन आवश्यक छ । पर्यटकलाई खाना र बस्नको असुविधा छ,” अध्यक्ष थापामगरले भन्नुभयो ।

बराहतालसँगै भकूण्डेमा रहेका अन्य गन्तव्यमा पर्यटक आकर्षित गर्न सडक विस्तार आवश्यक भएको वडाध्यक्ष प्रेमबहादुर थापामगर बताउनुहुन्छ । भकुण्डेलाई पर्यटकीय गाउँको रुपमा विकास गर्न एकीकृत योजना बनाउन लागिएको छ ।

घरवास, भ्यूटावर, बराहताल, बराह मन्दिर, कुथुकर्मको लेक, बागलुङ सङ्ग्रहालय र भैरब मन्दिर यहाँका पर्यटकीय गन्तव्य हुन् । विसं २०६८ मा शुरु भएको घरवास पर्यटन प्रवद्र्धनले पर्यटक आकर्षित गर्न टेवा पु¥याएको छ ।

मुलाबारीमा रहेको भ्यूटावरमा सूर्योदय, सूर्यास्त र हिमशृङ्खला अवलोकन गर्न पर्यटक पुग्ने गरेका छन् । समुद्री सतहदेखि दुई हजार तीन सय मिटरको उचाइमा निर्मित भ्यूटावरबाट विभिन्न हिमालको अवलोकन गर्न सकिन्छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि