• होमपेज
  • अटो
  • ८० प्रतिशत अटोरिक्सा चालकसँग लाइसेन्सनै छैन

८० प्रतिशत अटोरिक्सा चालकसँग लाइसेन्सनै छैन

  • बुधबार, भदौ २७, २०७५
८० प्रतिशत अटोरिक्सा चालकसँग लाइसेन्सनै छैन

नेपालगञ्ज–कोहलपुर फोरलेन सडकबाहेक भित्री सडक अत्यन्तै साँघुरा र जीर्ण छन् । कतै मर्मतसँगै फराकिला बनाइँदैछन् भने कतै जीर्ण अवस्थामै छन् । २० वर्षअघि बनेका सडक अहिले साँघुरा गल्लीजस्तै लाग्छन् ।
जनसङ्ख्याको वृद्धिदरसँगै सवारी साधनको चाप पनि सोही अनुपातमा बढिरहेको छ । ठूला भवनसँगै भौतिक पूर्वाधारका अन्य संरचना एकपछि अर्को गर्दै बनिरहेका छन् । त्यसमाथि सवारी साधनको सङ्ख्यामा उस्तै वृद्धि भइरहेको छ ।

नेपालगञ्जमा अन्य सवारीको सङ्ख्याभन्दा ब्याट्रीबाट चल्ने अटोरिक्साको सङ्ख्या ह्वात्तै बढेको छ । साँघुरा सडककै कारण नेपालगञ्जले बेलाबेलामा अन्य शहरको जस्तै ट्राफिक जाम भोग्न थालेको छ । अटोरिक्साको सङ्ख्या बढेसँगै नेपालगञ्जमा ट्राफिक जामको समस्या शुरु भएको नेपालगञ्ज–२, घरबारी टोलका व्यवसायी मनोज बन्जारा बताउनुहुन्छ ।

साधारण रिक्सा विस्थापित गर्दै ब्याट्री तथा पेट्रोलबाट चल्ने अटोरिक्सा सञ्चालनमा आएपछि भित्री सडकमा बेलाबेलामा ट्राफिक जाम हुने गरेको नगरवासीको भनाइ छ ।

नेपालगञ्जका निकै व्यस्त रहने घरबारी टोल, सदरलाइन, त्रिवेणी मोड, एकलैनीलगायतका क्षेत्रमा ट्राफिक जामको समस्या देखिइरहेको छ । “दैनिक एकपटक जाम हुन्छ”, सदरलाइनका स्थानीयवासी जमिल शेख भन्नुहुन्छ, “पहिले कमै सवारी चल्थे, भीडभाड हुँदैनथ्यो । अहिले भने सवारीको भीड र होहल्लाले हैरान बनाउँछ ।”

साधारण रिक्साभन्दा छिटो गन्तव्यमा पुगिने भएकाले यात्रुहरू अटोरिक्सामै चढ्छन् । यात्रुको रोजाइमा अटोरिक्सा नै परेपछि नेपालगञ्जमा अटोरिक्साको सङ्ख्या एक्कासी बढेसँगै ट्राफिक व्यवस्थापनमा समेत समस्या भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक हिरेन्द्र रोकायले बताउनुभयो ।

यसअघि अटोरिक्सालाई फोरलेन सडकमा चलाउन प्रतिबन्धसमेत गरिएको थियो । तर उक्त निर्णय कार्यान्वयनमा भने आउन सकेन । अटोरिक्साले लेन अनुशासन पालन नगर्दा ट्राफिक प्रहरीको टाउको दुःखाइको विषय बनेको छ ।

सडकमा जथाभावी पार्किङ गरिदिँदा ट्राफिक व्यवस्थापनका लागि चोकमा खटिएका दुई÷तीन जना ट्राफिक प्रहरीको काम उनीहरूलाई व्यवस्थित गर्नमै बित्ने गरेको छ”, नेपालगञ्जको धम्बोझी चोकमा ड्युटीमा खटिएका प्रहरी हवल्दार कुलबहादुर वलीको भनाइ छ ।

अटोरिक्साको जथाभावी पार्किङ्कै कारण नेपालगञ्ज–कोहलपुर खडकखण्डको राँझा चोक र गनापुर चोकमा पटक–पटक सवारी दुर्घटनासमेत भएको ट्राफिक प्रहरी पोष्ट गनापुरका इन्चार्ज दिनेशकुमार पण्डितको भनाइ छ । यातायात व्यवस्था कार्यालय भेरी नेपालगञ्जले रुट परमिट जारी गरेको भए पनि अटोरिक्सा भने आफूखुशी चल्दै आएका छन् ।

८० प्रतिशतसँग छैन लाइसेन्स 
यातायात व्यवस्था कार्यालय भेरी नेपालगञ्जमा दर्ता भई बाँकेमा चल्ने ८० प्रतिशत अटोरिक्सा चालकसँग सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नभएको ट्राफिक प्रहरीले जनाएको छ । बाँके जिल्लाभर चार हजारको हाराहारीमा रहेका अटोरिक्सामध्ये करीब आठ सय अटोरिक्सा चालकसँग मात्रै लाइसेन्स रहेको अनुमान छ ।

ट्राफिक प्रहरी निरीक्षक रोकायले भन्नुभयो, “रिक्सा चलाउने अधिकांश निरक्षर भएकै कारण लाइसेन्सको लिखित परीक्षामै फेल हुन्छन् । सामान्य लेखपढ गर्न पनि नजान्नेका लागि लिखित परीक्षा लिनु उपयुक्त होइन ।” यातायात कार्यालयसँग यसबारे छलफल भइरहेको र लिखित परीक्षा हटाउँदा शतप्रतिशतले लाइसेन्स प्राप्त गर्ने उहाँको दाबी छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि