• होमपेज
  • समाचार
  • स्थानीय तहलाई निःशुल्क मोबाइल एप्स

स्थानीय तहलाई निःशुल्क मोबाइल एप्स

  • बुधबार, भदौ २०, २०७५
स्थानीय तहलाई निःशुल्क मोबाइल एप्स

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना प्रविधि विभागसँगको सहकार्यमा स्थानीय तहलाई निःशुल्क रुपमा मोबाइल एप्स उपलब्ध गराउने भएको छ ।

स्थानीय तहका सम्पूर्ण सूचना तथा जानकारी जनस्तरमा छिटो र छरितो ढङ्गले सम्प्रेषण गर्न, विभिन्न सुविधासम्बन्धी जानकारी प्रदान गर्न र गुनासो तथा समस्याको उचित व्यवस्थापन गर्न विभागले मोबाइल एप्स निर्माण गरेको हो ।

विभागले धुलिखेल नगरपालिकाको अनुरोधमा मोबाइल एप्स निर्माण गरेको थियो । उक्त एप्स सूचना सम्प्रेषणमा प्रभावकारी देखिएको भन्दै मन्त्रालयले अन्य स्थानीय तहलाई पनि प्रयोगका लागि अनुरोध गरेको हो ।

एप्समा स्थानीय तहको सङ्क्षिप्त परिचय र तथ्याङ्क, भौगर्भिक सूचना प्रणाली (जीआईएस), जनप्रतिनिधिको तस्वीरसहितको सम्पर्क विवरण, सबै वडाहरुको नक्शासहितको वस्तुगत विवरण र सम्पर्क विवरण, ऐन कानून निर्देशिका, आपतकालीन नम्बर र योजना तथा परियोजनाका बारेमा जानकारी राख्न सकिनेछ ।

स्थानीय तहले आफ्ना वेबसाइटमा राखेका सम्पूर्ण जानकारी एप्समार्फत नै पाइनेछ । एप्स प्रयोगकर्ताले स्थानीय तहले नागरिक बडापत्रअनुसार प्रदान गर्ने सम्पूर्ण सेवाको विवरण एकै क्लिकमा प्राप्त गर्नेछन् ।

सेवा प्राप्त गर्न लाग्ने समय, जिम्मेवार अधिकारी, सेवा दिने कार्यालय, सेवा शुल्क, आवश्यक कागजात र प्रक्रिया तथा नमूना फारामसमेत एप्समार्फत जानकारी मिल्ने मन्त्रालयका कम्प्युटर अधिकृत देवेन्द्रकुमार झाले जानकारी दिनुभयो ।

कार्यक्रम तथा परियोजनाको विवरण प्राप्त गर्न, अध्ययन र सुरक्षित राख्न सहयोग मिल्ने छ । स्थानीय तहअन्तर्गत रहेका महत्वपूर्ण स्थानजस्तै अस्पताल, शैक्षिक संस्था, पर्यटनस्थल आदिको विवरण पनि एप्समार्फत थाहा पाउन सकिनेछ । स्थानीय तहले कुनै प्रसङ्गमा जनतासँग जनमतसमेत लिन सक्ने गरी एप्सको विकास गरिएको छ ।

एप्स प्रयोगकर्ताले स्थानीय तहअन्तर्गतका समस्या र सुझाव सम्बन्धित निकायमा दर्ता गराउन सक्नेछन् । एप्समार्फत दर्ता भएको समस्या जिम्मेवार कर्मचारीले हेरी आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाउन सकिनेछ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि