• होमपेज
  • कृषि
  • जुम्लामा रु २४ करोडको स्याउ उत्पादन

जुम्लामा रु २४ करोडको स्याउ उत्पादन

  • सोमवार, भदौ ११, २०७५
जुम्लामा रु २४ करोडको स्याउ उत्पादन

चालू आर्थिक वर्ष २०७५÷७६ मा जुम्लामा रु २४ करोडको स्याउ उत्पादन भएको अनुमान गरिएको छ ।

स्याउ रोपिएको क्षेत्र, उत्पादन परिमाण र बजार मूल्यको अनुमानबाट सो परिमाण्मा स्याउ उत्पादन भएको प्रक्षेपण गरिएको हो । यस वर्ष जुम्लामा ६ हजार मेट्रिक टनसम्म स्याउ उत्पादन भएकोे जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत बालकराम देवकोटाले जानकारी दिनुभयो । तीन हजार ४०० हेक्टरमा स्याउ लगाइएको थियो । प्रतिकिलो रु ४० मा स्याउ बिक्री भएको उहाँले बताउनुभयो ।

चन्दननाथ कृषि विकास शाखाका प्राविधिक सहायक धर्मराज आचार्यले प्रतिव्यक्तिले तीनदेखि १० मेट्रिक टनसम्म स्याउ बिक्री गरेको बताउनुभयो ।

अहिलेसम्म झण्डै ५०० क्विन्टल स्याउ बिक्रीका लागि सुर्खेत र नेपालगञ्ज ल्याइएको छ । व्यापारीलाई ढुवानी अनुदानअन्तर्गत १० देखि १५ किलोका दुई हजार ५०० कार्टुन बाँडिएको आचार्यले बताउनुभयो । कृषकले सामान्यतः बजारमा प्रतिकिलो रु ५० मा स्याउ बिक्री गरेको जुम्ला उद्योग बाणिज्य सङघका अध्यक्ष रामदत्त रावलले बताउनुभयो ।

जुम्लाका किसान स्याउ टिप्न थालेका छन् । बगँैचाबाट स्याउ टिप्ने, एकै ठाउँमा भण्डारण गर्ने, ग्रेडिङ, प्याकेजिङ्सहित कार्टुन तयारी गर्न उनीहरुलाई भ्याईनभ्याई छ ।

व्यापारी स्याउ किन्न बगैँचामा नै पुग्न थालेपछि पछि किसानलाई बिक्री गर्न समस्या छैन । स्याउ बोकेर बजार लैजाने झञ्जट हटेको छ । बगैँचामा प्रतिकिलो रु ५५ देखि रु ६० सम्ममा स्याउ बिक्री गर्दै आएको तिला गाउँपालिका–३, लुम्सेराका मनकोइला हमालले बताउनुभयो ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि