• होमपेज
  • प्रविधि
  • सेन्चुरी बैंक र ‘खल्ती’ बीच मोबाईल भुक्तानीसम्वन्धी सम्झौता

सेन्चुरी बैंक र ‘खल्ती’ बीच मोबाईल भुक्तानीसम्वन्धी सम्झौता

  • बुधबार, भदौ ६, २०७५
सेन्चुरी बैंक र ‘खल्ती’ बीच मोबाईल भुक्तानीसम्वन्धी सम्झौता

सेन्चुरी कमर्सियल बैंक र ‘खल्ती’ डिजिटल वालेटबीच मोबाईल भुक्तानीसम्वन्धी सम्झौता भएको छ।

सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख संचालन अधिकृत दिपेश प्रधान र खल्तीका तर्फबाट निर्देशक अमित अग्रवालले हस्ताक्षर गरे।

यस सम्झौता अनुसार सेन्चुरी बैंकका ग्राहकले मोबाईल बैंकिङ सुबिधा प्रयोग गरी ‘खल्ती’ मा सजिलै पैसा लोड गर्न र विभिन्न वस्तु तथा सेवाहरुको भुक्तानी गर्न सक्नेछन्।

खल्ती डिजिटल वालेटका निर्देशक अमित अग्रवालले सम्झौतापछि बैंकका ग्राहकले बैंकबाट पैसा झिकिराख्ने झन्झट गर्नु नपर्ने र ‘खल्ती’ मा पैसा लोड गरी वस्तु तथा सेवाको भुक्तानी गर्न सक्ने जानकारी दिए।

२०१७ जनावरी २६ बाट नेपाली बजारमा आरम्भ भएको खल्ती, एक पेमेन्ट गेटवे हो। यो एप प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकट, प्लेन टिकट, होटेल रुम बुकिङ तथा अन्य थुप्रै सेवाहरुको मोबाइलबाटै भुक्तानी गर्न सकिन्छ।

हाल खल्तीको प्रयोगकर्ता संख्या ७ लाख बढी रहेको कम्पनीले जनाएको छ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि