• होमपेज
  • समाचार
  • मोहियानी हकको दाबी गर्दै ५० हजार भन्दा बढीले दिए निवेदन

मोहियानी हकको दाबी गर्दै ५० हजार भन्दा बढीले दिए निवेदन

  • मङ्लबार, भदौ ५, २०७५
मोहियानी हकको दाबी गर्दै ५० हजार भन्दा बढीले दिए निवेदन

पचास हजार पाँच सय भन्दा बढी मोही र जग्गाधनीले मोहियानी हक दाबी गर्दै भूमिसुधार कार्यालय काठमाडाँैमा निवेदन दिएका छन् ।

काठमाडौँमा ५१ हजार २०६ मोही छन् । तीमध्ये ५० हजार ५०० ले मोही जग्गा बीचको विवाद सुल्झाउन निवेदन दर्ता गराएको भूमिसुधार कार्यालय काठमाडाँैका भूमिसुधार अधिकारी विक्रमप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।

दर्ता भएका निवेदनमध्ये तीन हजार ८०० जनाको मोही र जग्गाधनी बीचको विवाद सुल्झाएको बताउँदै उहाँले बाँकीको निवेदनलाई पनि चाँडै नै सुल्झाउने जानकारी दिनुभयो ।

जग्गा माथिको द्वैध स्वामित्व अन्त्य गर्नका लागि सरकारले गत वर्ष भदौ ५ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी यही भदौ ४ गतेसम्म मोही र जग्गाधनीलाई मोहीको जग्गाका बारेमा निवेदन माग गरेको थियो ।

मोही र जग्गाधनीले निवेदन दिइसकेपछि जिल्ला मालपोत कार्यालयको जग्गाको स्रेस्ता र जिल्ला नापी कार्यालयको फिल्डबुकसँग भूमिसुधार कार्यालयको अनुसूचीमा भएको व्यवस्थाअनुसार मोही र जग्गाधनीको मोही जग्गा छुट्याउने बताउनुभयो ।

भूमिसुधार ऐन–२०२१ अनुसार मोही लाग्ने जग्गामा सरकारले मोही र जग्गाधनी बीचको विवाद हटाउनका लागि अहिले निवेदन माग गरेको हो । २०५३ सालमा ऐन संशोधन गरी मोहियानी हक लाग्ने जग्गामा मोही र जग्गाधनीलाई आधाआधा दिने व्यवस्था भएअनुसार सरकारले दुवैलाई आधाआधा दिएर विवाद मिलाउन थालेको हो ।

विसं २०५३ सालभन्दा अगाडि भने मोहीलाई एक चौथाइ जग्गा मात्र दिइने गरिन्थ्यो । २०५४ सालयता दर्ता भएका जग्गामा भने मोहियानी हकको व्यवस्था गरिएको छैन । सबैभन्दा बढी कीर्तिपुर, साँखु, नाङ्लेभारमा मोहियानी हकका जग्गा रहेका पाइएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि