• होमपेज
  • अटो
  • बजाज पल्सर १५० टिडि ‘टुइन डिस्क’ भएको अब नेपाली बजारमा

बजाज पल्सर १५० टिडि ‘टुइन डिस्क’ भएको अब नेपाली बजारमा

  • आइतवार, साउन २७, २०७५
बजाज पल्सर १५० टिडि ‘टुइन डिस्क’ भएको अब नेपाली बजारमा

एचएच बजाज, बजाज मोटरसाइकलको लागि आधिकारीक बिक्रेताले अल न्यू बजाज पल्सर १५० ट्वीन डिस्कलाई नेपाली बजारमा बिक्री वितरण सुरु गरेको छ । यसमा २ वटा डिस्क ब्रेक, सार्प डिजाइन र बिभिन्न तीन कलर भेरिएन्टमा बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

बजाजको पल्सर १५० ट्वीन डिस्कलाई तीन कलर भेरिएन्टमा ल्याईएको हो । जसमा कालो निलो, कालो रातो तथा ब्ल्याक क्रोम हुन् । यस बाइकमा १७ इञ्च एलोय ह्वीलमा मेट ब्ल्याक दिइएको छ ।

नयाँ बजाज पल्सर १५० टिडिमा ड्यूल डिस्क ब्रेक दिइएको साथमा युवालाई आर्कषीत गर्न बायकमा मोटो ह्वील, मोटो टायर, च्येसीस र सकरपनि पहिलाको तुलनामा ठूलो बनाएर ल्याइएको कम्पनीको दावी रहेको छ ।

बाइकमा स्प्लीट सिट राखिएको छ भने स्प्लीट ग्रेव रेल, आल्मुनियम फिनिस पूmटपेज राखिएको छ । स्वीङआर्म पहिलेको भन्दा थोरै मोटो दिइएको छ भने यसको ह्वील बेस समेत बढाइएको छ । यसमा दिइएको पछाडिको टायर मोटो रहेको छ । १२९ एमएमको रियर टायर दिइएको छ । बाइकमा मस्कुलर लूक दिइएको छ ।

पल्सर १५० ट्वीन डिस्कमा १४९.५ सीसी सिंगल सिलिन्डर डिटिएसआई इञ्जिन दिइएको रहेको छ । यस बाइकमा दुईवटा भल्भ जडान गरिएको छ । यसमा लगाइएको ट्वीन स्पार्क मोटरले ८००० आरपीएममा १४ बीएचपी पावर र ६००० आरपीएममा १३.४ एनएम टर्क उत्पादन गर्छ । यसमा १५ लिटर पेट्रोल अट्ने ट्याङ्की दिइएको छ । ५ गिएरमा उपलब्ध रहेको छ ।

पल्सर १५० ट्वीन डिस्कमा अप्टिमाईजेशनका साथ नोइज, भाइव्रेशन र हार्सनेश लेभलमा पनि सुधार गरिएको छ । नेपाली बजारमा बजाज पल्सर १५० ट्वीन डिस्कको मूल्य दुई लाख ५५ हजार ९०० रुपैयाँ तोकिएको छ ।

हंशराज हुलासचन्द एन्ड कम्पनीका प्रबन्ध निर्देशक शेखर गोल्छाले भन्नुभयो ‘प्रडक्टको डिजाइन, क्वालीटी र उत्कृष्ट इन्जिन टेक्नोलोजिले गर्दा बजाजका मोटरसाइकल धेरैको प्रथम रोजाईमा परेको हो । बजाजले जसरी आफ्ना उत्पादनमा प्रविधिको प्रयोग गरिरहेको छ, त्यसले सधै आफुलाई अब्बल प्रमाणित गर्दै आएको छ ।
बजाजको लिगेसीलाई यो पल्सर १५० टुइन डिस्कले क्यारी गरेको छ । साथै यो पल्सर परिवारमा नयाँ थपिएको मोडल हो । साथै, यो सेग्मेन्टमा नै अत्यन्त नयाँ उत्पादन हो । हामीलाई विश्वास छ पल्सर १५० टुइन डिस्कले चालकको एक्स्पेक्टेसन पुरा गर्ने छ ।

Facebook Comments

सम्बन्धित समाचार