• होमपेज
  • प्रविधि
  • अब अनलाइनबाटै बैंकिङ्ग कारोबार, बैंक सुची सहित

अब अनलाइनबाटै बैंकिङ्ग कारोबार, बैंक सुची सहित

  • शनिबार, साउन १९, २०७५
अब अनलाइनबाटै बैंकिङ्ग कारोबार, बैंक सुची सहित

नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरुबाट प्रवद्र्धित नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको connectIPS e-Payment प्रणालीको सेवा विस्तार गर्ने क्रममा बैंक खाताबाट सिधै गरिने अनलाइन रकम ट्रान्सफरको सेवा पनि संचालनमा ल्याइएको छ । उक्त सेवाअन्तर्गत बैंकको ग्राहकले e-Payment प्रणालीमार्फत आफ्नो बैंक खाताबाट प्रति कारोबार रु. १ लाख सम्मको सिधै रकम ट्रान्सफर गर्न सक्नेछन् ।

सेवाग्राहीले आफ्नै खातामा अथवा हितग्राहीको खातामा बैंक खाता नंबरको आधारमा अथवा हितग्राहीको मोबाइल नंबरको आधारमा समेत रकम ट्रान्सफर गर्न सक्ने सुविधा रहेको छ ।

बैंकको ग्राहकले उक्त प्रणाली प्रयोग गर्न www.connectips.com मा गई आफूलाई एक पटक आवद्ध गर्नु पर्ने हुन्छ र आफ्नो बैंक खाताको विवरण समेत भरी खाता लिंक गराए पछि सोको फारम डाउनलोड गरि एक पटक आफ्नो बैंकबाट verify गर्नु पर्ने हुन्छ ।

उक्त प्रणालीमा हाल १९ वटा बैंक वित्तीय संस्थाहरुका ग्राहकहरुले कारोबार गर्न सक्ने व्यवस्था गरिएको छ भने अन्य १० वटा बैंक वित्तीय संस्थाहरुसँग उक्त सेवा संचालनका लागि सम्झौता भइ परिक्षण भैरहेको कम्पनीले जनाएको छ ।

रकम ट्रान्सफर सेवा आवद्ध बैंकहरु
सिटिजन बैंक इन्टरनेसनल लि
ग्लोबल आइएमई बैंक लि
जनता बैंक नेपाल लि
एभरेष्ट बैंक लि
लक्ष्मी बैंक लि
नेपाल बंगलादेश बैंक लि
नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि
नेपाल बैंक लि
एन.आइ.सी. एशिया बैंक लि
एनएमबी बैंक लि
प्राइम कमर्सियल बैंक लि
सिद्धार्थ बैंक लि
गरिमा विकास बैंक लि
गण्डकी विकास बैंक लि
लुम्बिनी विकास बैंक लि
मुक्तिनाथ विकास बैंक लि
ओम डेभलपमेन्ट बैंक लि
सांग्रिला डेभलपमेन्ट बैंक लि
आइ.सि.एफ.सि. फाइनान्स लि

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि