• होमपेज
  • समाचार
  • यूएईमा आममाफी लागु अवैद्य कामदारलाई सुनौलो अवसर

यूएईमा आममाफी लागु अवैद्य कामदारलाई सुनौलो अवसर

  • बुधबार, साउन १६, २०७५
यूएईमा आममाफी लागु अवैद्य कामदारलाई सुनौलो अवसर

निर्मल धिताल । नेपालीहरुको बैदेशिक रोजगारको प्रमुख रोजाई रहेको युनाइनेट अबर इमिरात अर्थात युएई विश्वको प्रमुख व्यापारीक केन्द्रको रुपमा पनि मानिने गर्दछ । यो देशमा विशेषत पेट्रोलियम पदार्थको भण्डार रहेको देश पनि हो । कडा कानुन व्यवस्था रहेको यो देशमा युएई सरकारले विभिन्न देशबाट आएका अबैद्य कामदारहरुलाई लक्षित गरी आम माफि दिने भएको छ ।
आज अगस्ट १ बाट लागु हुने गरी युएई सरकारले आफ्नो देशमा अवैध रूपमा बसेका विदेशी नागरिकको सहजताको लागि तीन महिनासम्मका लागि आम माफी दिने भएको हो । विभिन्न देशबाट रोजगारीका लागि आएका कामदारहरु विभिन्न कारणले अवैद्य रुपमा काम गरिरहेका छन् ।

यूएई सरकारले त्यस्ता कामदारहरुलाई व्यवस्थित गर्नको लागि आम माफी दिई सबै कामदारलाई वैधानिकता दिन लागेको छ । यो सबै देशका कामदार जो युईमा अवैद्य रुपमा वषैदेखि काम गर्दै आएका छन् उनीहरुको लागि खुसीको खबर हो ।

त्यसैगरी यो आम माफीको सक्दो रुपमा फाइला लिन नेपाली दूतावासले यूएईमा रहेका अवैध नेपाली कामदारहरुलाई विज्ञप्ती नै जारी गरेको छ । जसमा यूएईमा रहेको नेपाली दूतावासले यो आममाफीको सक्दो उपयोग गर्न आफ्ना नागरिकलाई आग्रह गरेको छ ।

दूतावासका अनुसार अगस्त १ देखि शुरु हुने तीन महिने आम माफीमा अवैधानिध बनैका आप्रवासिहरुलाई बैद्य रुपमा यूएईमा नै रहन तथा स्वदेश फर्कन पाउने व्यवस्था रहेको छ । भने यसबाट लक्षित व्यक्तिले इमिग्रेसनको जरिवाना मिनाहा, पुन यूएई आउन प्रतिबन्ध नलाग्ने र यूएईको ५०० दिराम सहित आवेदन दिएमा नयाँ काम खोजीकोलाई ६ महिनाको लागि अस्थायी भिषा समेत प्राप्त गर्न सक्नेछन् । जसका लागि कामदारले यूएईको मानब संशाधन तथा इमिनाइजेसन मन्त्रालयको बेवसाईटमा Virtual job Market मा दर्ता गर्न सक्नेछन् ।

यसरी आम माफी लिई यूईमा नै बस्न चाहने कामदारका लागि भने अवधी बाँकी रहेको राहधानीका साथै स्पोन्सरको आवश्यकता पर्नेछ । यसरी यूएई सरकारले दिएको आम माफीमा भिसाको अवधि सकिएर बसेका, भिजिट भिसामा आएर ओभरस्टे भएका, राहदानी नभएका नेपालीले दूताबासको सहयोगमा आवश्यक कागजात बनाएर नेपाल फर्कन पाउने भएकोले दूताबासको सम्पर्कमा आउन अवैधरुपमा बसिरहेका सबै नेपालीलाई आग्रह गरिएको छ ।

विनाकुनै जरिवाना वा जेल सजायँ युएई छोडेर जान सकिने वा नयाँ स्पोन्सर र काम खोजेर आफ्नो कानुनी अवस्था वैधानिक बनाउन सकिने भएका कारण यो सुनौलो मौकाको उपयोग गर्न दूतावासले आग्रह गरेको छ ।

दूतावासका अनुसार आममाफीकोे प्रक्रियाअनुसार अवैधानिक तवरले युएई प्रवेश गरेकाहरुको हकमा उनीहरू युएई विना कुनै जरिवाना र विना जेलसजायँ स्वदेश फर्कन सक्छन् । तर, उनीहरुलाई २ वर्ष युएई आउन प्रतिबन्ध लाग्नेछ । यद्यपि आजिवन प्रतिबन्ध कसैलाई लाग्ने छैन ।

यसभन्दा अघि ब्ल्याकलिस्टमा परेका तथा कुनै कानुनी मुद्दा भएको खन्डमा एम्नेस्टीको सुविधा पाइने छैन । तर कम्पनिबाट फरार भएको मुद्दा परेकाहरुको हकमा इम्मिग्रेसनले त्यस्ता फरार मुद्दाहरु हटाइ विना कुनै प्रतिबन्ध युएईबाट बाहिर जान दिने प्रावधान रहेको छ ।

आफ्नो स्थिती वैधानिक बनाएर काम गर्न चहानेहरुले युएईको मानव संशाधन तथा इमिरिटाइजेसन मन्त्रालयको भर्च्युल जब मार्केट वेबसाइटमा आफुलाइ रजिस्टर गर्न सक्नेछन र आफ्नो अवस्था बैधानिक गरिसकेकाहरुलाई उपयुक्त काम खोज्न ६ महिनासम्मको अस्थायी भिसा प्रदान गर्न सकिने प्रावधान समेत रहेको छ ।

घर फर्कन चाहने अवैधानिक कामदारहरुले नजिकको इम्मिग्रेसन कार्यालयमा आफ्नो राहदानी वा ट्राभल डकुमेन्ट, प्लेन टिकट र २२० दिरहम दस्तुर सहित “एक्सिट परमिट“ को लागि आवेदन दिन सक्नेछन । एक्जिट परमिट प्राप्त गरेको १० दिन भित्र युएई छोडिसकेको हुनु पर्नेछ ।

युएईमा अबैधानिकरुपमा बसिरहेका नेपालीले अब सहजै स्वदेश फर्कन पाउनेछन् । नेपाल फर्केपछि उनीहरु २ वर्षसम्म युएई फर्कन पाउने छैनन् । तर, उनीहरुमाथि आजीवन प्रतिबन्ध भने लाग्ने छैन ।

एम्नेस्टी आवेदन आफुसंग राहदानी नभएकाहरुले समेत दिन पाउनेछन । युएई भरी ९ वटा एम्नेस्टी केन्द्रहरु इम्मिग्रेसन कार्यालयहरुमा खोलिएका छन स जुन बिहान ८ देखि बेलुका ८ बजेसम्म खुल्ला रहनेछन । आफै इम्मिग्रेसनमा उपस्थित हुन नसक्नेहरुको हकमा उनीहरुको मेडिकल रिपोर्ट वा सम्बन्धित दुतावासको पत्रका आधारमा एक्जिट परमिट दिन सकिने प्रावधान समेत रहेको छ ।

अध्यागमन विभागबाट यात्रा अनुमति र दूताबासबाट आउटपास लिएर नेपालफर्कन सक्ने कार्यवाहक राजदूत राजदूत सागरप्रसाद फुँयालले जानकारी दिए ।

यदि उक्त समयमा कामदार अनुमति भिसा लगाउन नसकेमा अतिरिक्त शुल्क तिरी पुनः अस्थायी भिसामा बस्न पाइने छ। स्वदेश फर्किन चाहेमा युएईले नो इन्ट्री छाप बिनै स्वदेश फर्कने अवसर दिने, ४८ घण्टासम्मको ट्रान्जिट भिसामा शुल्क नलाग्ने बताइएको छ ।

राहदानी नभएका नेपालीको हकमा दूताबासमार्फत निवेदन दिएर राहदानी बनाउन सकिने दूताबासले जनाएको छ । दूताबासले परराष्ट्र मन्त्रालय वा राहदानी विभागको समन्वयमा यहीबाट शिघ्रातिशिघ्र राहदानी उपल्बध गराउने प्रक्रिया शुरु गरेको कार्यवाहक राजदूत फुँयालले बताएका छन् ।

आममाफीको सुविधा साउन १६ देखि कातिक १४ सम्म रहेका कारण यो तीन महिनाको अवधिलाई सदुपयोग गर्न नेपाली दूतावास अबुधाबीले सम्बन्धित सबैलाई आग्रह गरेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि