• होमपेज
  • अर्थ/वाणिज्य
  • म्याग्दीका दुई गाउँपालिकामा प्रभु बैंकको शाखा विस्तार

म्याग्दीका दुई गाउँपालिकामा प्रभु बैंकको शाखा विस्तार

  • बुधबार, साउन १६, २०७५
म्याग्दीका दुई गाउँपालिकामा प्रभु बैंकको शाखा विस्तार

प्रभु बैंक लिमिटेडले प्रदेश नं. ४ का दुई स्थानीय तहमा शाखा विस्तार गरेको छ । संघीय संरचनाबमोजिम गठित विभिन्न स्थानीय तहमा बैंकिङ्ग पहुँचबाट टाढा रहेका सेवाग्राहीहरुलाई सरल र सहज रुपमा गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउने उद्देश्यले बैंकले म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका र मंगला गाउँपालिकामा गरी दुई वटा शाखा कार्यालय संचालनमा ल्याएको  हो ।

म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नं. ६, पोखरे बगरस्थित बैंकको अन्नपूर्ण शाखा अन्नपूर्ण गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष कृष्णप्रसाद बरुवालले एक समारोहका विच समुद्घाटन गरे भने म्याग्दी जिल्लाकै मंगला गाउँपालिका वडा नं. २, बाबियाचौरस्थित बैंकको मंगला शाखा मंगला गाउँपालिकाका अध्यक्ष सत प्रसाद रोकाले समुद्घाटन गरे ।

बैंकको अन्नपूर्ण तथा मंगला शाखा कार्यालय उद्घाटन कार्यक्रममा म्याग्दी जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, उद्योग वाणिज्य संंघका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय समाजसेवी, भद्रभलाद्मी, व्यापारी, व्यवासायी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

दुवै शाखा कार्यालय उद्घाटन कार्यक्रमका प्रमुख अतिथीहरुले उद्घाटन मन्तव्य राख्ने क्रममा प्रभु बैंकले गाउँपालिकामै शाखा कार्यालय सञ्चालनमा ल्याएर बैंकिङ्ग पहुँचभन्दा बाहिर रहेका सेवाग्राहीहरुलाई बैंकिङ्ग सेवा उपलब्ध गराउन लागेकोमा प्रशंसा गर्दै अब गाउँपालिकाका हरेक नागरिकले आप्mनो घर दैलोबाट प्रभु बैंकको बैंकिङ्ग सेवा उपभोग गर्न सक्ने वातावरण बनेको बताए । साथमा उनीहरुले स्थानीय सर्वसाधारणहरु बैंकिङ्ग सेवाको लागि लामो यात्रा तय गर्नुपर्ने बाध्यताबाट मुक्त भएको समेत बताए ।

म्याग्दी जिल्लाको अन्नपूर्ण शाखा कार्यालय र मंगला शाखा कार्यालयबाट त्यहाँका स्थानीय सेवाग्राही, सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र दुवै गाउँपालिकाको समग्र आर्थिक विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि