• होमपेज
  • समाचार
  • समझदारी पत्रमा हस्ताक्षर

समझदारी पत्रमा हस्ताक्षर

  • सोमवार, साउन १४, २०७५
समझदारी पत्रमा हस्ताक्षर

हेनान प्रान्तीय उद्योग तथा वाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्सबीच द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । चेम्बरका अनुसार सम्पन्न सहमतिपत्र अनुसार दुवै संस्थाले संयुक्त लगानी प्रवद्र्धन, व्यापार विस्तार एवं विविधीकरणका लागि एक आपसमा सहकार्य गर्नुका साथै विभिन्न व्यापारिक सूचनाहरुको आदानप्रदान गर्ने उल्लेख छ ।

व्यापारिक प्रतिनिधिमण्डलको आदान प्रदानमार्फत व्यापारिक सम्बन्धको विकास गरी विद्यमान व्यापारिक कठिनाइहरुलाई आपसी समझदारीमा समाधान गर्नेछ । आर्थिक, व्यापारिक तथा पर्यटन सम्बन्ध विस्तारका लागि दुवै मुलुकहरुमा हुने गोष्ठी, सभा, सेमिनार आदि कार्यक्रमहरुमा सहभागी हुन एक आपसमा सहयोग गर्नेसमेत उल्लेख भएको चेम्बरले आज जनाएको छ ।

महासंघका अध्यक्ष लियाङ जिङको नेतृत्वमा नेपाल भ्रमणमा आएका ११ सदस्यीय व्यापारिक प्रतिनिधिमण्डलले चेम्बरका सदस्यसँग आर्थिक व्यापारिक तथा पर्यटन प्रवद्र्धनका विषयमा अन्तरक्रिया गरेको थियो ।

सो अवसरमा संघका अध्यक्ष राजेश काजी श्रेष्ठले नेपाल चीनबीचको सदियौँ पुरानो सुमधुर सम्बन्धको चर्चा गर्नुहुँदै संघ तथा हेनान प्रान्तबीच विगत वर्षदेखि सूचनाको आदानप्रदान भइरहेको तथा नेपाली व्यापारीहरुले व्यापारिक मेलाहरुमा भाग लिइरहेको बताउनुभयो ।

हेनान प्रान्त उद्योग तथा वाणिज्य महासंघका अध्यक्ष लियाङले हेनान औद्योगिक तथा अत्याधुनिक पर्यटन तथा साँस्कृतिक शहर मात्र नभएर धेरै जनसंख्या भएको प्रान्त तथा यातायात विकास, इ–कमर्स तथा औषधिजन्य उत्पादनका लागि चीनमा प्रख्यात रहेको जानकारी दिनुभयो ।

हेनान प्रान्तीय सरकारले आयोजना गरिने अन्तराष्ट्रिय आर्थिक तथा व्यापारिक मेलामा नेपाली व्यवासायीहरुलाई नेपाली उत्पादन प्रदर्शनका लागि निमन्त्रणा गर्नुभयो ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि