एउटा ठिटो केटो काठमाडौं आएर डेरा लिई बालुवाटारमा एउटा किराना पसल सञ्चालन गर्थे । आज त्यसैको फलरुवरूप १५ वटा नेपालभर भाटभटेनी सुपर मार्केट स्थापना गरे । उसको नाम हो मीन बहादु गुरुङ । उनले पाएको सफलता ग्राहक र जनताको मायाका कारण हो । साथै उनमा भएको इमान्दारिताको कारण पनि ।

यिनै भाटभटेनी सुपरमार्केटका मालिक मीन बहादुर गुरुङसँग संयोगवश भेट भयो । गुरुङसँग अनौपचारिक रूपमा करिब आधा घण्टा जति भएका कुराकानीलाई अन्र्तवार्ताको रूपमा प्रस्तुत गर्ने जमर्को गरेका छौं । सधैं पत्रकारबाट टाढा रहने मीन बहादुर गुरुङका भित्री कथा पढ्ने र सुन्ने इच्छा सबैलाई हुन्छ ।

साथै भाटभटेनी सुपर मार्केटका प्रबन्ध निर्देशक मीन बहादुर गुरुङमाथि दर्जनौं आरोप पत्रपत्रिकामा आएका छन् । यिनै कुराहरूमा केन्द्रित रहेर गुरुङसँग सम्पादक भूपेन्द्र आचार्यले गरेको कुराकानी :-

किन सधैं मीनबहादुर गुरुङको चर्चा छ बजारमा ?
मलाई थाहा छैन । मैले एउटा किराना पसलबाट सुरु गरेको व्यापार आज अपार भयो । नेपालभरी १५ वटा भाटभटेनी सुपर मार्केट स्थापना भए । ग्राहकहरूको मायाले मलाई चर्चाको शिखरमा पुर्याएको हो कि ?

तपाईंमाथि बील, भौचर जलाएको, कर छली गरेको कुरा पनि पत्रपत्रिकामा आयो नि ?
मलाई पत्रकारहरूले विष खाएर उपचारको लागि बैंकक लगियो भनेर पनि लेखे । जबकी म नेपालमै सकुशल व्यापार गरिरहेको थिएँ । मलाई बील, भौचर जलाएर के फाइदा छ । म सरकारलाई कर बुझाउने व्यापारीमध्ये १०/१५ जनाभित्र पर्ने मान्छे हो ।

तपाईंलाई ‘प्रचण्ड’को पैसा चलाएको आरोप पनि छ नि ?
मैले भनिसकें । विष खायो भनी लेख्नेहरूले ‘प्रचण्ड’जीको पैसा चलायो भनी प्रचार गर्नु नौलो कुरा होइन । मैले कसैको पैसा चलाएको छैन । बैंकबाट ऋण लिएर व्यापार गरेको छु । ब्याज तिरेको छु । व्यापार राम्रो छ । बैंकहरूले बोलाएर ऋण दिएका छन् ।

मलाई श्री पशुपतिनाथको साथ छ । मेरो १७÷१८ वर्षको मेहनत नै १५ वटा भाटभटेनी सुपर मार्केट स्थापना गर्नु हो । आफूलाई महान् मान्ने पत्रकारहरूले मलाई जे पायो त्यही लेखी सधैं चर्चामा ल्याउने काम भएको छ । सही समाचार दिनु पर्यो । गलत समाचार दिनु बदनाम गराउनेलाई भगवानले हेरिरहेका छन् नि !

तपार्इंले म्याद काटेका र सडेका खानेकुरा बेचेको समाचार भूकम्प गएको बेला बजारमा आए नि ?
के आए, के आएनन् भूकम्प गएको बेला भोलिपटकदेखि नै पसल खोली सामान जनतालाई बेच्ने कम्पनी हो भाटभटेनी सुपर मार्केट । जे गरे पनि गलत समाचार दिने । कुहिएको चामल बौद्धमा बेच्यो भनी एउटा टिभीले प्रचार नै गर्यो । मैले यस्तो काम गरेको छैन । गलत गरेको छैन र त म टिकेको छु ।

लाई गलत गरेर कमाउनु छैन । म अर्थशास्त्रको विद्यार्थी हुँ । त्यसबेला डा. रामशरण महतले म्याद लागु गर्दा विरुद्ध गर्ने धेरै थिए । मैले विरोध गरिनँ । किन भने राज्यलाई कर तिर्नु हाम्रो दायित्व हो भनेर चुप लागेर व्यापर गरेँ । कतिले पसल नै बन्द गरे । आज म्याद लागु भएको छ । राज्यलाई दिनकै १ करोडभन्दा बढी कर मैले तिरेको छु । अनि मलाई नै ठग भनी लेख्ने ? पत्रकारहरूसँग मेरो ठूलो गुनासो छ ।

सामाजिक सेवामा पनि तपार्इंहरूको लगानी छ नि होइन र ?
अचम्मको कुरा के छ भने मैले टिचिङ अस्पतालमा करोडौंको भवन भनाएर दिएँ । तर त्यो कुरा पत्रकारले कहिले लेखिदिएन, २/४ लाइन लेखे । जनताको लागि गरेको सेवाको लगानी बारे नलेख्ने, तर नभएको सबै बनावटी कुरा लेख्ने पत्रकारहरूदेखि मलाई घीन लागेर आउने गरेको छ ।

गरिब जनताका छोराछोरी पढाएको छु । राज्यलाई कर तिरेर व्यापार व्यवसाय गरेको छु । गल्ती गरेको छैन । सधैं ‘प्रचण्ड’को पैसा चलाएको ब्याज साँवा नदिएको विष खाएर अस्पताल पुर्याएको सूचना दिने पत्रकारको सूचना दिने संस्था अब नेपालमा चाहिन्छ ।

१५ वटा नेपालभर भाटभटेनी सुपर मार्केट स्थापना गर्नु भएको छ । कस्तो अनुभव गर्नु भएको छ ?
जनतालाई सेवा दिन एउटै ठाउँमा सबैकुरा पाउने व्यवस्था नेपालमा गर्ने सोच भएका कारण यसको स्थापना गर्यौं । माग बढेपछि देशव्यापी गरेका छौं । खुशी छु । सबैले चिनेका छन् । माया गरेका छन् । यो भन्दा बढी के हुन सक्छ र ? मलाई २ नम्बरी गरेर सम्पत्ति कमाउनु छैन ।

तपाईंको बालुवाटारको जग्गाको कुरा पनि बाहिर आयो नि ?
मैले जमिन पैसा दिएर किनेको हो । म घर जग्गा दलाल होइन । मेरो व्यवसाय अर्कै छ, तर पनि मलाई पत्रकारहरूले घर जग्गा माफिया भनी लेखे । जग्गा किन्नु अपराध होइन । त्यो जग्गा कसको थियो मलाई थाहा छैन, तर मैले केही जग्गा पैसा तिरेर किनेको चाहिँ सत्य हो ।

अन्त्यमा केही छ ?
सबै नेपालीले काम गरेर खाने वातावरण राज्यले बनाउनु पर्यो । व्यापारीलाई दुःख दिनुभएन । सत्य तथ्य कुरा के हो, बुझेर बोल्नुपर्यो, लेख्नुपर्यो । अरूको चरित्र हत्या गर्दा आफ्नो पनि ख्याल गर्नुपर्यो नि होइन र ? राजतिलक साप्ताहिक

तपाइको प्रतिक्रिया दिनुहोस्

कृपया आफ्नो टिप्पणी प्रष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रष्ट गर्नुहोस्