• होमपेज
  • विचार/ब्लग
  • सरकारले भद्दा मजाक नगरोस्

सरकारले भद्दा मजाक नगरोस्

  • मङ्लबार, साउन ८, २०७५
सरकारले भद्दा मजाक नगरोस्

सरकार यतिसम्म गैरजिम्मेवार बनिरहेको छ कि यस किसिमको सरकारको आचरणले मुलुकलाई कुन अवस्थामा पुर्याउने हो यकिन भन्न सकिने अवस्था छैन । बहुमतको ढाडस देखाएर सरकारले जुन किसिमको कामहरू गरिहरेको छ, त्यसले अन्त्तोगत्वा मुलुकलाई झनै ठूलो संक्रमणकालमा लैजाने निश्चित जस्तै छ । ठूला सपना बाँडेर सत्तामा आइपुगेको सरकारले गरेका हरेक कामहरू आलोचनाका लागि मात्र योग्य रहेका छन् ।

यसै पनि राजनीतिज्ञको आदत भनेको सत्ता प्राप्तिका लागि परिवर्तनको कुरा गर्ने हो । जतिसुकै ठूलो परिवर्तनको कुरा गरे पनि राजनीतिज्ञको अन्तिम गन्तव्य भनेको सत्ता प्राप्ति नै हो । तर सत्ता प्राप्त हुँदै गर्दा जनताको उपस्थिती कहाँ छ भनेर यो यो सरकारले सोचेको पाइन्न । यसले मुलुकलाई कुन अवथामा पु¥याएर छाड्छ भनेर भन्न सकिने अवस्था नै छैन ।

विगत पाँच वर्षदेखि आफ्नो मरेको छोराको लागि अनसनमा बसिरहेकी छिन् गोर्खा फुजेलकी गंगामाया अधिकारी । अनसनकै क्रममा उनको श्रीमान्को निधान भयो । संसारमा यस्तो कुनै पनि मुलुक छैन होला कि जहाँ सरकारको लापरवाहीका कारण निर्दोष जनताको ज्यान जाओस् ।

भलै त्यस्तो अवस्था तानाशाही मुलुकहरूमा होलान् । अनसन नै बस्न नपाउने नियम पनि होला । तर लोकतान्त्रिक मुलुकको ढ्वाङ पिटेर हिँड्ने नेपालजस्तो मुलुकमा यस्तो किसिमको गैरजिम्मेवारपन हुनु दुःखको कुरा हो ।

गंगामायाको ज्यानको पर्वाह नगरी आफ्नो स्वार्थ सिद्धिका लागि मात्र काम गरिरहेको सरकारले यो बुझ्न जरुरी छ कि एकपटक मात्र सत्तामा पुग्नु पक्कै पनि नेकपाको यद्देश्य होइन होला । अर्कोपटक पनि चुनाव आउँछ भनेर सानो ख्याल नगनर््ु नै अबका आउने दिनमा नेकपाको सबैभन्दा ठूलो गल्ती हुनसक्छ । तर सत्ताको मातले उन्मत्त भएको यो सरकारको त्यतातिर ध्यान जाने केही पनि लक्षण देखिन्न ।

अनसनकारी कुनै चोकमा राखिएको सर्कसको जोकरजस्तो पनि होइन, जसलाई रमिता मात्र हेर्न सकियोस् । तर सरकारको कदमहरू योभन्दा बाहिर निस्कन सकेको छैन । अनसनकारी हठी हुन्छन् । उनीहरूलाई ज्यानको पर्वाह हुँदैन । तर यदि उनीहरूलाई यसरी नै अपहेलना गर्ने हो भने यमो सरकारको भविष्य पनि यही कार्यकालसम्म मात्र देखिन्छ ।

जनताको विश्वासलाई मिचेर, जनताको शक्तिसँग खेलबाड गर्ने जुन किसिमको दुस्साहस यो सरकारले गरिरहेको छ, त्यसले सरकारलाई आउने दिनमा ठूलो घाटा हुने निश्चित छ, वर्तमान सरकारले यो बुझ्न जरुरी छ । लोकतान्त्रिक मुलुकको उपहास गर्नु सरकारको ठूलो गल्ती हुनसक्छ । र जनताको अपेक्षामाथि शक्तिको तरबार मात्र खेलाउनु कुनै पनि मुलुकको सरकारका लागि सबैभन्दा ठूलो खतरा हुो । सरकारले यो बुुझ्नु पर्दछ । राजतिलक साप्ताहिक

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि