• होमपेज
  • अन्तर्राष्ट्रिय समाचार
  • आलीसान र अत्याधिक महंगा होटल

आलीसान र अत्याधिक महंगा होटल

  • शनिबार, असार २३, २०७५
आलीसान र अत्याधिक महंगा होटल

निर्मल धिताल । विश्वमा महंगो, सुविधा सम्पन्न र विलाशीयुक्त होटलहरुको बारेमा सोच्नु पर्दा मानिसहरु सबैले यूरोपतिर मात्रै ध्यान जान सक्छ । तर यो कुरा गलत हो । किनभने हाम्रो छिमेकी मुलक भारतमा पनि विश्वकै महंगो आलिसान र अति सुविधा सम्पन्न होटलहरु रहेको छ । सायदै यसको बारेमा कतिपय हामी नेपालीहरु पनि जानकारी नहुन सक्छ ।

हरेक होटलहरुको आ–आफ्नै विशेषताहरु हुन्छ । कुनैको आतिथ्य सत्कार त कसैको नौलो तरिको सेवा सत्कार त कसैको अनेक अनेक विशेषताहरुले विश्वका धनाढ्य मानिसहरुलाई आफुतिर आकर्षित गरिरहेका छन् ।

भारतको भएको महंगा होटलहरुको कुनै यस्ता पनि जहाँ हामीहरुले पुराना राजा, महाराजाहरुको दरबार जस्तो देखिन्छन् । अझ भन्नु पर्दा त्यस्तो अनुभव तपाईहरु केबल भारतको होटलहरुमा मात्र लिन सक्नुहुन्छ ।

भारतमा यस्ता १० होटलहरु छन् । जहाँ जो कोही मानिसहरु त्यहाँ बस्न र त्यहाको सेवा सुविधा उपभोग गर्न सक्दैनन् ।

ताज फलकुमा प्यालेस, हैदरवाद

भारतको हैदरवादमा रहेको ताज फलकुमा प्यालेस होटल पहिला हैदरवादकै निजाम भन्ने ब्यक्तिको घर थियो । जसलाई ताज ग्रुपले सो महललाई भाडामा लिएर ताज फलकुमा होटलमा परिणत गरेको हो । सो होटलमा सबैभन्दा सस्तो कोठाको प्रतिदिन करिब ५० हजार भन्दा माथि पर्ने बताएको छ भने सबैभन्दा महंगो करिब रु ३ लाख प्रति दिन रहेको बताइएको छ ।

द ओवराय राजबिलास जयपुर, राजस्तिान
भारतको राजस्तिान स्थित जयपुरमा रहेको द ओवराय राजबिलास होटल विश्वकै आलिसान होटल भित्रको मध्ये एक हो । यो होटल ओवराय ग्रुपले सञ्चालन गरेको एकदमै आरमदायी होटल हो । जुन होटल आफ्नो अथिति सत्कारले बहुप्रसिद्ध छ । यदि कसैलाई राजकिय जीवन जिउने कुनै इच्छा छ भने यो होटल उपयुक्त हुन्छ । किनभने यस होटलमा प्रत्येक पाहुनालाई स्विमिङ पुलको व्यवस्थ ागर्न सक्ने क्षमता राख्दछ । 

यस होलटमा एक रात विताउनका लागि सबैभन्दा सस्तो करिब ५६ हजार रुपैया पर्छ भने सबैभन्दा महंगो कोहीनुर भिला करिब ३ लाख ७० हजार रुपैया पर्छ ।

ताल ल्याड इड मुम्बाई

मुम्बाईको बान्द्रा भन्ने ठाउँमा रहेको यो होटल मुम्बाईको दोस्रो मंहगो होटल भित्रको एक हो । जहाँ एक रात विताउनको लागि करिब ४० हजार रुपैया पर्छ भने सबैभन्दा महंगो एक दिनको ४ लाख भन्दा माथि पर्छ ।

द ओबराई अमर बिलास आग्रा

छिमेकी मुलुक भारतको आग्रा भन्ने ठाउँ माया प्रेमको निम्ति निकै चर्चित छ । प्रेम नगरी भनेर चिनिने आग्रामा अवस्थित द ओबराइृ अमर बिलाम होटल उत्तर प्रदेशको सबैभन्दा मंहगो होटल भनेर चर्चित पनि छ । जहाँ एक रात विताउनका लागि करिब ४ लाख भन्दा पनि बढी रुपैयाको जरुरी हुन्छ ।

यस होटलको अर्को महत्वपूर्ण कुरा के हो भने यो भारतमा रहेको प्रेमीहरुको लागि एकदमै महत्व राख्ने ताजमहलको नजिकै छ । होटलबाट ताजमहललाई राम्रारी देख्न सकिन्छ ।

द ओबराय उदयबिलास उदयपुर

भारतको राजस्थानको उदयपुरमा रहेको यो होटल उदयपुरकै सबैभन्दा आरामदायि र सेवा सुविधाले भरिपूर्ण भएको सबैभन्दा महंगो होटल हो । पहाडी एरियामा रहेको यो होटलबाट राम्रा राम्रा दृश्यहरु अवलोकन गरी प्राकृतिक सोन्दर्यको आन्नद लिन सकिन्छ । यस होटलमा एक दिन बस्नको लागि करिक रु ५७ हजार छ भने सबैभन्दा बढिमा करिब ४ लाख भन्दा बढी रुपैया पर्छ ।

द ओवराय मुम्बाई

द ओवराय मुम्बाई होटल भारतकै सबैभन्दा आरामदायी र महंगो होटलको नाममा परिचित रहेको छ । मुम्बाईको मरिन ड्राइभमा अवस्थित यो होटलले आफ्नो होटलमा आउने पाहुनाहरुलाई प्राकृतिक सौन्दर्यको दृश्यहरुले लोभ्याउने गरेको छ । होटलबाट बाहिर देखिने समुन्द्र र वरिपरि रहेको प्राकृतिक सौन्दर्यले यहाँ आउने अतिथिहरु यहाँ बारम्बार आउन लोभ्याइरहेको छ ।

यस होटलमा एक दिन बिताउनका लागि आरामदायी कोठाको सस्तोमा रु ४० हजार छ भने मंहगोमा प्रेसिडेन्टल कोठाको करिब ५ लाख रहेको छ ।

द ओवराय गुरुग्राम

भारतको गुरुग्राममा अस्थित यो होटल भारतको चौथो मंहगो होटल भित्र पर्दछ । यो होटलमा बस्नको निम्ति प्रतिदिन साधारण कोठाको करिब ५० हजार पर्छ भने आरामदायी जुन प्रसिडेन्टल रुम भनिने कोठालाई करिब रु ५ लाख रुपैया पर्छ । यो होटल आधुनिक डिजाइनमा बनाइएको छ । जो चर्चित धनी व्यक्तिहरुका लागि आकर्षणको केन्द्र बिन्दु बनेको छ ।

लिला प्यालेस, दिल्ली

भारतको दिल्ली शहरको चाणक्यपुरीमा अवस्थित यो होटल करिक ४०५ मिलियन डलर लगाई बनाइएको हो । यो होटलको सबैभन्दा आरामदायि कोठा महाराजामा एक दिन बस्नको लागि करिब रु ७ लाख ४० हजार पर्छ । यस होटलमा यति महंगो हुनको कारण यहाँको अनेक अनेक आरामदायी सेवा सुविधाहरुका साथै यस होटलको कोठामा लगाइएका सिसाहरु बुलेट प्रुफको रहेको छ ।

ताज लेक प्यालेस

भारतको उदयपुरमा रहेको यो होटल शहरी कोलाहलबाट बिलकुलै अलग्गै भरपुर आरामदायी सेवा सुविधा रहेको होटल हो । जसको बरिवरि पुनै पानी नै पानी छ । यो होटल राजपरिवारसँग सम्बन्धित होटल पनि भनिएको छ ।
पहाडी भेगमा रहेको यो होटलले प्रतिदिन बस्नको लागि करिब १० लाख रुपैया लिने गरेको छ ।

रम्बाग प्यालेस

भारतको जयपुरमा अवस्थित रम्बाग प्यालेस होटल जयपुरका महाराजको आफ्नो घर हो । यो होटल विश्वको सबैभन्दा महंगो तथा आरमहोटलको सूचिमा पनि राखिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार