• होमपेज
  • प्रविधि
  • ओम डेभलपमेन्ट बैंक, अनलाइन पेमेन्टमा सजिलो

ओम डेभलपमेन्ट बैंक, अनलाइन पेमेन्टमा सजिलो

  • बिहिबार, असार २१, २०७५
ओम डेभलपमेन्ट बैंक, अनलाइन पेमेन्टमा सजिलो

ओम  डेभलपमेन्ट बैंक लिमिटेड पनि connectIPS e-payment प्रणालीमा आवद्ध भएको छ । यस सम्बनधमा नेपाल क्लियरिङ्ग हाउस लिमिटेड र ओम डेभलपमेन्ट बैंकबीच सम्झौता भएको छ ।

उक्त प्रणालीको अनलाइनमार्फत दिइने भुक्तानी सेवा सम्बन्धि सम्झौतामा नेपाल क्लियरिङ्ग हाउसको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधान र ओम डेभलपमेन्ट बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले हस्ताक्षर गरे ।

नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको यस प्रणालीमार्फत बैंकका ग्राहकहरुले www.connectips.comमा गई आफुलाई एक पटक आवद्ध गरी आफ्नो बैंक खातालाई लिंक गराई यसमा उपलब्ध हुने online payment, रकम ट्रान्सफर, बिल भुक्तानी लगायतका भुक्तानी कारोबार गर्न सक्ने व्यवस्था रहेको छ ।

हाल उक्त प्रणालीमार्फत नेपाल सरकारको  ठमेल कर कार्यालयको राजश्व भुक्तानी गर्न सकिने व्यवस्था रहेको र छिटै अन्य कर÷गैर कर भुक्तानी तथा खाताबाट गरिने रकम ट्रान्सफर समेत गर्न सकिने जानकारी कम्पनीले गराएको छ ।

connectIPS e-payment प्रणालीमा लागि हालसम्म ३० बैंक तथा वित्तीय संस्थाहरुले सम्झौता गरी सकेकोमा हालसम्म १४ वटा बैंक वित्तीय संस्थाहरुबाट उक्त सेवा उपलब्ध भइरहेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि