• होमपेज
  • फिचर
  • दुवाडीको कर्जा धन्दा : ५० लाख ठगी

दुवाडीको कर्जा धन्दा : ५० लाख ठगी

  • शुक्रबार, असार ८, २०७५
दुवाडीको कर्जा धन्दा : ५० लाख ठगी

सेञ्चुरी बैंक लिमिटेडका तत्कालीन डिपुटी प्रबन्धक गोकर्ण दुवाडीले कर्जा प्रवाह गरेवापत प्रत्येक ग्राहक (ऋणी)बाट कमिशन स्परूप १० प्रतिशत कमिशन लिई ५० लाखभन्दा बढी रकम ठगी गरेको भेटिएको छ ।

चितवनमा रहेको सेञ्चुरी बैंकका नायब प्रबन्धक दुवाडीले दर्जनौं कर्जाका ग्राहकबाट ५० लाखभन्दा बढी कमिशन लिई आफ्नै खातामा पैसा राख्न लगाएपछि उनलाई बैंकले कारबाही स्वरूप १ पद घटुवा र तलब वृद्धि रोक्का गरेपछि उनले बाध्य सो पदबाट राजीनामा दिएका थिए ।

नेपाल राष्ट्र बैंकको स्थलगत निरीक्षण टोलीले दुवाडीको कमिशन काण्ड फेला पारेपछि उनलाई तत्कालै कारबाही गर्न सेञ्चुरी बैंकलाई निर्देशन दिएको थियो । यसपछि बैंक सञ्चालक समितिले छानबिन समिति समेत बनाई छानबिन गरेर दुवाडीलाई एक पद घटुवा र तलब वृद्धि रोक्का गर्ने निर्णय गरेको थियो ।

यसको प्रतिक्रियास्वरूप उनले अहिले जिल्ला अदालत काठमाडौंमा जालसाजी मुद्दा र उच्च अदालत पाटनमा अर्को मुद्दा दायर गरी बैंकिङ कसुरबाट बच्ने नौलो उपायको खोजी गरिरहेको भेटिएको छ ।

समाचार स्रोतका अनुसार उनले चितवनको सेञ्चुरी बैंक शाखामा डिपुटी प्रबन्धक रहँदा नवीन अधिकारीबाट मिति वि.सं.२०७३/७/२३ मा रु २५,०००, त्रिचोलन कँडेलबाट मिति इ.सं. २०१६/०३/२७ मा रु ५०,०००, लक्ष्मण ज्ञवलीबाट मिति वि.सं. २०७३/०३/÷०६ मा रु १,००,०००, ओम प्रकाश भट्टराईबाट मिति इ.सं. २०१६/८/१५ मा रु ५,००,०००, युनाइटेड बेभरेजबाट मिति वि.सं. २०७३÷१०÷३ मा रु १०,००,०००, युनाइटेड बेभरेजबाट इ.सं. २०१७/१/३ मा रु १५,००,०००, नौलो पोल्ट्री फर्मबाट इ.सं. २०१५÷९÷१९ मा रु १५,००,००० यी लगायत दर्जनांै विभिन्न पटक कारोबार गर्दा व्यक्ति र कम्पनीहरूसँग ५० लाखभन्दा बढी कमिशन लिएका थिए ।

२०७४/०५/२२ गते बैंक सञ्चालक समितिको २४१ औं बैंठकले बैंकको तत्कालीन नायब प्रबन्धक गोकर्ण दुवाडी उपर बैंकको पदपूर्ति समितिले काराबाही गरेको थियो । त्यस उपर छानबिन गरी पुनरावेदन समितिले गरेको सिफारिसको आधारमा समेत छलफल भएको थियो ।

तत्कालीन अवस्थामा बैंकको आन्तरिक छानबिन समिति र आन्तरिक लेखा परीक्षणको प्रतिवेदन तथा नेपाल राष्ट्र बैंकको निर्देशन समेतलाई मध्यनजर गरेर निजको २ वर्ष तलब वृद्धि (ग्रेड) रोक्का गर्ने निर्णय भएको थियो । साथै निजलाई बहाल रहेको तहबाट एक तल्लो तहमा घटुवा गर्ने निर्णय सदर गर्ने भनी निर्णय गरेको थियो । सातै अन्य थप सजायबाट भने उन्मुक्ति दिने समेत निर्णय समितिले गरेको थियो ।

तत्कालीन बैंकको सीइओ नभएको अवस्थामा डिपुटी सीइओ मार्फत राजीनामा स्वीकृत भएपछि तत्कालीन डिपुटी प्रबन्धक दुवाडी बैंकिङ कसुरबाट बच्न अदालतमा बैंक विरुद्ध मुद्दा दायर गर्न पुगेका थिए । राजीनामा दिएसँगै सम्पर्कविहीन बनेका दुवाडीलाई बैंकको सम्पर्कमा नआएनन् । त्यसपछि सेञ्चुरी बैंकले सूचना प्रकाशित गरेपछि मात्र उनी सम्पर्कमा आएका थिए ।

नेपाल राष्ट्र बैंकले दुवाडीलाई तत्कालै बैंकिङ कसुरमा कारबाही गर्न र पदमुक्त गर्ने निर्देशन दिएपछि उनी भागेका थिए । पछि बैंकले बैकिङ कसुर नगर्ने, १ तह घटुवा र तलब वृद्धि रोक्का मात्र गर्ने निर्णय लिएपछि राजीनामा दिएका दुवाडी एकाएक बैंक र बैंक नेतृत्व विरुद्ध अदालत पुगे र मुद्दा दायर गरेका थिए । जनताको पैसामा घुमाउरो पारामा कर्जा प्रवाह गरी लाखौं कमिशन लिई ठगी गरेका दुवाडी अहिले माछापुच्छ«े बैंकमा सिनियर मेनेजर पदमा अन्तवार्ता पास गरी नियुक्ति पत्र लिने तयारीमा रहेको समेत भेटिएको छ ।

राष्ट्र बैंकले कारबाही गर्ने निर्देशन दिएका दुवाडीलाई किन र कसरी के कारणले माछापुच्छ«े बैंकले सिनियर मेनेजरमा लिँदैछ ? यो भने खोजीको विषय बनेको छ ।

जनताको लाखौं डिपोजिटलाई घुमाउरो पारामा कर्जा प्रवाह गरी ५० लाखभन्दा बढी कमिशन लिने, उल्टै बैंक र बैंक व्यवस्थापन टिम विरुद्ध मुद्दा दर्ता गरेका यी आर्थिक माफिया गोकर्ण दुवाडीले बैंकको गाडी चढी हिँडेको र बैंकले सुविधाका लागि दिएको घरमा अझै बसिरहेको भेटिएको छ ।

जनताको पैसाले किनेको गाडी र घर बैंकबाट राजीनामा दिएपछि र राजीनामा स्वीकृत भएपछि यी सुविधा लिन पाइँदैन । यो बैंकको नियमावली विपरीत पनि हो ।

तर उनले अझैसम्म पनि फिर्ता गरेका छैनन् । अब उनी विरुद्ध राष्ट्र बैंकको निर्देशनमा बैंकिङ कसुर अन्तर्गत सीआईबीलाई अनुसन्धान गर्न सेञ्चुरी बैंकले आग्रह गर्ने स्रोतको दाबी छ ।

राष्ट्र बैंकले कारबाही गर्नु भने पनि सेञ्चुरी बैंकले बैंकिङ कसुरमा नपठाई सानो कारबाही गरेपछि सो कारबाही फिर्ता लिने र आफूलाई पुरानै पदमा पुनर्वहाली गर्न बैंक र बैंक व्यवस्थापन टिमलाई दबाब दिँदै हिँडेका आर्थिक माफिया गोकर्ण दुवाडी अहिले बैंकले बैकिङ कसुरअन्तर्गत कारबाही गर्ने डरले अदालत पुगेको स्रोतको दाबी छ ।

बैंकले अझै उनी विरुद्ध बैकिङ कसुरअन्तर्गत मुद्दा चलाउने सम्भावना देखेपछि सो कार्य रोक्ने उद्देश्यले उनले अदालतमा विभिन्न खाले मुद्दा दर्ता गरेको भेटिएको छ । स्मरणीय रहोस्, बैंकद्धारा गठित छानबिन समिति र नेपाल राष्ट्र बैंक तथा बैंक सञ्चालक समितिले कारबाही गर्न दिएको निर्देशन अनुसार उनको राजीनामा डिपुटी सीइओबाट स्वीकृत भएको थियो ।

अहिले बजारमा आफूलाई अन्याय भएको र राजीनामा नै नक्कली हो भनी झुटो प्रचार गर्ने र बैंकलाई नै बदनाम गर्दै हिँडेका दुवाडी बैंकको जहाँ जहाँ शाखा प्रमुख भएर गए ती ठाउँमा कमिशनको खेल भएको बारे सेञ्चुरी बैंकले छानबिन फेरि सुरु गरेको स्रोतको दाबी छ ।राजतिलक साप्ताहिक

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि