• होमपेज
  • अटो
  • स्विफ्टको तेस्रो संस्करणको ग्राहक शक्ति गौचन

स्विफ्टको तेस्रो संस्करणको ग्राहक शक्ति गौचन

  • सोमवार, असार ४, २०७५
स्विफ्टको तेस्रो संस्करणको ग्राहक शक्ति गौचन

सुजुकीका चार पाङ्ग्रे सवारी साधनको नेपालका लागि आधिकारिक विक्रेता तथा सीजी होल्डिंगको अटोमोटिभ विभाग सीजी मोटोकर्पले आइतबार एक कार्यक्रमको आयोजना गर्दै आफ्नो प्रतिष्ठित ब्राण्ड स्विफ्टको तेस्रो संस्करणको मोडलको अनावरण गरेको छ ।

नयाँ मोडेलको अनावरण सीजी होल्डिङ्सका सभापति तथा प्रबन्ध निर्देशक अरुण चौधरी र क्रिकेट खेलाडी शक्ति गौचनले संयुक्त रुपमा गरे । यससँगै शक्ति गौचन स्विफ्टको नयाँ मोडेलकै पहिलो प्रयोगकर्ता बनेका छन् ।

कार्यक्रममा बोल्दै शक्ति गौचनले भनेः “म पहिले देखि नै सुजुकीको फ्यान हुँ । सानैदेखि नै मलाई सुजुकीका गाडीहरुमा निकै चासो हुने गर्दथ्यो । यस दिनको लागि म लामो समयदेखि धैर्यता पूर्व पर्खाइमा थिएँ । लामो प्रतीक्षाको फलस्वरुप आज एक उत्कृष्ट गाडी प्रयोग गर्ने अवसर प्राप्त गर्दा म निकै उत्साहित छु । ”

यस नयाँ स्विफ्ट सिंगल एपर्चर फ्रन्ट ग्रील, एल इ डि प्रोजेक्टर हेडल्याम्प, कट टु–टोन अलोय व्हील तथा अर्बन स्याटिन क्रोमयुक्त इन्टेरियर सहित एक उत्कृष्ट डिजाइनको साथै १.२ लिटर भिभिटि जस्ता प्रविधिले उच्चस्तरीय पर्फोमेन्स्र यात्रु, पैदल यात्री एवं बालबच्चाको सुरक्षामाकेन्द्रित डुवल एयरब्याग, इबिडिसँगै एबिएस, आइसोफिक्स् र टोटल इफेक्टििभ कन्ट्रोल टेक्नोलोजी प्रविधिसँगै ल्याइएको हो ।

सुजुकीको अभिनव पाँचौ संस्करण हर्टेक्ट प्ल्याटफर्ममा निर्मित नयाँ स्विफ्टको पावर र तौलको उत्कृष्ट अनुपात सहित सुधार गरिएको एक्सलरेशन पर्फोमेन्स् सहित बजारमा ल्याइएको छ । यस सवारीको प्रारम्भिक अफर सहित मूल्य रु २८,९९,००० तोकिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि