• होमपेज
  • अन्तरवार्ता
  • २५ अर्ब विभिन्न शीर्षकमा बाँडिएको देखिन्छ, त्यो गलत हो ।

२५ अर्ब विभिन्न शीर्षकमा बाँडिएको देखिन्छ, त्यो गलत हो ।

  • मङ्लबार, जेष्ठ २२, २०७५
२५ अर्ब विभिन्न शीर्षकमा बाँडिएको देखिन्छ, त्यो गलत हो ।

हलै सदनमा अर्थमन्त्ती युवराज खतिवडाले १३ खर्बभन्दा बढीको बजेट सार्वजनिक गरेपछि सर्वत्र विरोध सुरु भएको छ । कतै भने खुसीयाली छाएको छ भने बतैअत्याधिक विरोध भएको छ ।

यो बजेटले के के राम्रा काम गर्यो र के के गर्न नहुने काम ग¥यो भन्ने विषयमा केन्द्रित रहेर सम्पादक भूपेन्द्र आचार्यले पूर्व अर्थमन्त्री एवं नेपाली कांग्रेसका नेता डा. रामशरण महतसँग गरेको कुराकानीका महत्वपूर्ण अंश ः

हालै सरकारले सार्वजनिक गरेको जम्बो बजेटलाई तपाईंले बसरी लिनुभएको छ ?
तपाईंले भनेजस्तै बजेट जम्बो छ । यसको कार्यान्वयन अझै चुनौतीपूर्ण छ । बजेटले प्रदेश र स्थानीय तहलाई कमजोर बनाउने कामम गरेको छ ।

कहाँ कहाँ कमजोरी छन् त जम्बो बजेटमा ?
मुलुकले नै धान्न नसक्ने बजेट आयो । पैसा नबाँड्ने कुरा गर्ने सरकारले घुमाउरो बाटोबाट २५ अर्ब जति विभिन्न शीर्षकमा बाँडेको छ । र धेरै मशत्वकांक्षी र हावादारी कुरा बजेटमा राखिएको छ । यो गलत हो ।

आर्थिक वृद्धिदर ८ प्रतिशतको लक्ष्य लिएर आयो । यो पूरा होला त डा. साप ?
नेपालको अर्थतन्त्रमा धेरै कुराले प्रभाव पारेको छ । कृषिको अवस्था कस्तो हुन्छ, त्यसले नै आर्थिक वृद्धिदर निर्धारण गर्ने हो । तयारी अवस्थामा नरहेका आयोजनामा बजेट हालिएको छ ।

मदन भण्डारी राजमार्गलाई ३ अर्ब छुट्याइएको छ । तर यो वर्ष यो आयोजन पूरा हुँदैन । नेपालको कृषि उत्पादकत्व वर्षमा दोब्बर गर्ने भनिएको छ तर, त्यो सम्भव छैन । हावादारी कुरा गरेर जनता झुक्याउने काम सरकारले सुरु गरेको छ ।

यो बजेटले के चाहिँ गर्न सकेन त डाक्टर साप ?
बजेट ठिकै छ । बजेटमा कार्यान्वयन सम्भव नहुने आयोजनाहरू राखिएको छ । राजनीतिक लाभका लागि कार्यक्रमहरू समावेश भएका छन् । जसका कारण वास्तविकभन्दा पनि कार्यान्वयन नहुने जोखिम हुन्छ । अहिलेको बजेटले स्थानीय तह र प्रदेशलाई प्राथमिकतामा राख्नुपथ्र्याे ।

तर त्यसो हुन सकेको देखिएन । भोलि प्रदेशले पनि बजेट ल्याउँछ, स्थानीय तहले पनि बजेट ल्याउँछ । त्यो सबैलाई हेर्नुपर्छ । ती सबै बजेट मुलुकमा धान्न सक्ने खालको आउँछन् कि आउँदैनन् त्यतातिर ध्यान दिएको देखिएन ।

बजेट कम्युनिष्टहरूको राजनितिक नाराबाट प्रभावित भएको हो त ?
त्यो एउटा सपिङ लिस्ट थियो । कतिपय अवस्थामा बजेट त्यसबाट प्रभावित भएको छ । वितरण नगर्ने भन्दाभन्दै पनि २५ अर्ब रुपैयाँ जति विभिन्न शीर्षकमा बाँडिएको छ । त्यसकारण राजनीतिक नाराबाट प्रभावित भएको देखिन्छ ।

करको दायरा बढाउने काम भयो । यसको दीर्घकालीन असर कस्तो पर्ला डाक्टर साप ?
सही प्रश्न सोध्नु भयो । आफ्नो घोषण पत्रका कुरालाई बजेटमा ल्याएर जनता झुक्याउने काम भएको सत्य हो ।
अर्थतन्त्रको विकासका लागि सरकारीका अतिरिक्त निजी क्षेत्रको पनि लगानी बढाउनु पर्छ । अहिले आयकरमा नयाँ दरको प्रस्ताव गरिएको छ ।

२० लाखभन्दा धेरै करयोग्य आय भएकालाई थप कर लगाउने भनिएको छ । यसले लगानीलाई निरुत्साहित गर्छ । विदेशी लगानी भित्र्याउने काम बढ्दैन र भएका लगानीकर्ताहरू पनि पलायन हुने डर हुन्छ यो बुझ्नु जरुरी छ ।

बजेट कार्यान्वयन हुने कुरामा तपाई विश्वास हुनुहुन्छ त ?
बजेट कति कार्यन्वयन हुन्छ, त्यो हेर्न बाँकी छ । जस्ताको तस्तै खर्च गर्ने कुरा गैण छन् । तर केही खर्च होला अरू भन्न सकिँदैन नि !राजतिलक साप्ताहिक

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि