• होमपेज
  • समाचार
  • ढुंगानाकै कारण गर्भनर संकटमा !

ढुंगानाकै कारण गर्भनर संकटमा !

  • आइतवार, बैशाख २३, २०७५
ढुंगानाकै कारण गर्भनर संकटमा !

विवादास्पद बैंकर एवं एनबी बैंकका सदावहार सिइओ ज्ञानेन्द्र प्रसाद ढुंगानाको दादागिरीकै कारण एनबी बैंकको नाफा फेरि घटेको छ । एनबी बैंक बनाउने भन्दा पनि अन्य बैंकमा भएका घोटला काण्ड मिलाउन राष्ट्र बैंकका गर्भनर, डिपुटी गर्भनर र कार्यकारी निर्देशकलाई भोज भतेर खुवाउँन व्यस्त ढुंगाना अष्ट्रेलियाका ग्रीनकार्ड होल्डर हुन ।

रक्सी खाएपछि संसार नै मेरै हो भन्ने एनबी बैंकका सिइओ ढुंगानाकै कारण एनबी बैंक फेरि तहन नहस हुनेमा दुई मत छैन । ढुंगानाले बैंक डुवाउने संकेत पाएको बोर्डले डिपुटी सिइओमा बंगाली भित्र्याए पछि ढुंगाना अरु बैंकका घोटला काण्ड मिलाएर कमिशन लिन तल्लीन रहेको एक सिइओले राजतिलक साप्ताहिकलाई बताए ।

एपेक्स विकास बैंकको २ अर्ब भन्दा बढी कर्जा घोटला काण्ड राष्ट्र बैंक पुगेपछि पनि १४ महिना ढुंगानाले डिपुटी गर्भनर शिवराज श्रेष्ठ मार्फत रोकेको खुलेको छ । आफु नेपाल बैंकर संघको अध्यक्ष भएको भन्दै बैंकहरुका घोटला काण्डका राष्ट्र बैंक पुगेका फाइल मिलाई कमिशन लिइरहेको एक सिइओले बताए ।

पार्टी भोजमा पुगेपछि रक्सी धोकेर पत्रकारलाई आमा चकारी गाली गर्ने ढुंगाना जस्ता आर्थिक माफियाले अहिले १० करोडको घर १ करोड २८ लाखको गाडीका मालिक हुनुको पछाडी कमिशन र ठगी नै हो । एक एनबी बैंकका सञ्चालकले भनेः– ‘ढुंगाना कमिशन बिना घाउँमा पिसाब समेत फेर्देनन् । उनी राम्रा केटी र रक्सी पाएपछि जे पनि गर्न तयार हुनछन् ।

ढुंगाना एनबी बैंक आएपछि प्रसाई थरका व्यवसायीको अबैं कर्जा प्रोभिजन गरिए पनि कारवाहीमा नलगेको भेटिएको छ । त्यसमा समेत ढुंगानाले मोटो कमिशन दलाल मार्फत पाएका छन् । ति सञ्चालकले दावीका साथ राजतिलक साप्ताहिकलाई बताए ।

कांग्रेसको खोल ओडेर बैंकिङ्ग प्रणाली माथी नै हावा बोल्ने, व्याजदरमा अंकुश लगाउने, बैंकहरुको घोटला काण्डमा दलाली गर्ने ढुंगाना कै कारण गर्भनर डा.चिरञ्जीवी नेपालको जागिर समेत संकटमा पुगेको स्रोतको दाबी छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि