• होमपेज
  • मनोरञ्जन
  • चलचित्र ‘काले दाई’को पहिलो गीत सार्वजनिक

चलचित्र ‘काले दाई’को पहिलो गीत सार्वजनिक

  • सोमवार, बैशाख १७, २०७५
चलचित्र ‘काले दाई’को पहिलो गीत सार्वजनिक

चलचित्र ‘काले दाई’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘राइफलको सिरानी’ बोलको गीत लोकलयमा निर्माण गरिएको छ । गत वर्ष रिलिज भएको ‘पर्व’ सिनेमामा समावेश हिट गीत ‘काले दाई’बाट नाम सापटी लिएर बनाएको चलचित्रलाई शिव शर्माले निर्देशन गरेका हुन् ।

सुमन बैरागीको शब्द र दीपक शर्माको संगीतमा तयार भएको गीतमा धुर्व विश्को/शमिहा श्रेष्ठको स्वर छ । रामजी लामिछानेले कोरियोग्राफी भरेको गीतमा इंद्र राम्जाली, बिनु शाक्य र रामचन्द्र अधिकारीले कम्मर मर्काएका छन् ।

चलचित्रमा इन्द्र राम्जाली, शिशिर भण्डारी, अनु पराजुली, रामचन्द्र अधिकारी, सुरेन्द्र केसी, गीता अधिकारी, विष्णु सापकोटा, सारिका घिमिरे, उत्तम केसी, गोविन्द श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ ।

शमशेर गुरुङ र इन्द्र राम्जालीले निर्माण गरेको ‘काले दाई’मा पवन गौतम/रामेश्वर कार्कीको छायाँकन, तारा थापा किम्भेको सम्पादन रहेको छ । चलचित्रको प्रदर्शन मिति हालमा तय भैसकेको छैन ।

https://www.youtube.com/watch?time_continue=2&v=EerBnHidq9s

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि