• होमपेज
  • प्रविधि
  • प्रभु समुहले ल्यायो नयाँ प्रविधिमा एचडी क्वालीटीको ‘प्रभु टिभि’

प्रभु समुहले ल्यायो नयाँ प्रविधिमा एचडी क्वालीटीको ‘प्रभु टिभि’

  • मङ्लबार, बैशाख ११, २०७५
प्रभु समुहले ल्यायो नयाँ प्रविधिमा एचडी क्वालीटीको ‘प्रभु टिभि’

प्रभु समूहले केबल, एन्टेना तथा छाता बिना नै डिजिटल टेरेस्ट्रियल टेलिभिजन (डीटीटी) प्रविधिमा आधारित प्रभु टिभी संचालनमा ल्याएको छ । डाइरेक्क टु होम (डीटीएच) प्रविधिको डिस होम सञ्चालन गरिरहेको प्रभु समूहले नेपालमै पहिलोपटक डीटीटी भित्र्याएको हो ।

प्रभु टेलिभिजनले पहिलो चरणमा काठमाडौं, पोखरा र चितवनबाट यो सेवाको परीक्षण सुरुवात गरेको छ । त्यसपछि क्रमशः पूर्वको इटहरी, धरान लगायतका क्षेत्रमा पनि प्रभु टिभीको सेवा विस्तार गरिने प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचनले बताए । अबको एक महिनाभित्रमानै व्यवसायिक प्रशारण गर्ने गरी प्रभुले गृहकार्य गरिरहेको छ ।

यो प्रविधिले टेलिभिजिनका ग्राहकलाई एनालगबाट डिजिटलमा जान सहज हुने भट्टचनले बताए । यो अन्यभन्दा सस्तो र स्तरीय भएकाले ग्राहकको रोजाइमा पर्ने प्रभु टिभी विश्वस्त छ ।

यो प्रविधिमा आधारित भएर ग्राहकले सस्तो मूल्यमा नै डिजिटल टेलिभिजन हेर्न पाउनेछन् । यसले अडियो र भिडियोलाई डिजिटल क्वालिटीमा सम्प्रेषण गर्छ । यसले मल्टिप्लेक्स सिग्नल दिने भएकाले नै यो स्तरीय मानिन्छ । टिभी हेर्दा सफा दृष्य नआउने र कमजोर ध्वनी आउने लगायतका समस्या यो प्रविधिमा नरहने दाबी कम्पनीको छ ।

यो टेलिभिजन जडान गरेपछि फ्रिक्वेन्सीमार्फत च्यानलहरु प्रशारण हुने भएकाले वर्षातका कारण सिग्नल नआउने, तार छिन्ने लगायतका अवरोधहरु नहुने प्रभु टीभीको भनाई छ । त्यस्तै, घर तथा कोठा सर्दा समेत यसलाई सँगसँगै लैजान सकिन्ने छ । यो प्रविधिमा च्यानल रिसिभ गर्ने डिभाइससँगै टेलिभिजन सेटलाई यताउता सारेर हेर्न सकिने भएकाले निकै उपयोगी पनि हुने विश्वास लिइएको छ ।

टेरेस्ट्रियल नै भएपनि प्रभु टिभीले आफूले सेवा दिने क्षेत्रका ९० प्रतिशत क्षेत्रमा एन्टेना नै राख्नु नपर्ने बताएको छ । कम्पनीले ग्राहकलाई दिने डिभाइसले नै च्यानलहरु रिसिभ गर्नेछ । प्रभुले डीटीएचमा जस्तै टेलिभिजनका प्याकेज दिनेछ । एउटै प्याकेजमा सबै च्यानलहरु समेटिने बताइएको छ ।

अधिकांश च्यानलहरु एचडी क्वालिटीमा हुने प्रभु टिभीको भनाइ छ । प्रभु टिभीले प्रयोग गरेको प्रविधिलाई ‘डिजिटल भिडियो ब्रोडकाष्टिङ–सेकेन्ड जेनेरेसन टेरेस्ट्रियल–डीभीबी (टिटु)’ अर्थात दोस्रो पुस्ताको टेरेस्ट्रियल पनि भनिन्छ । मासिक ३ सय रुपैयाँमै आम नागरिकले यो सेवा लिन सक्नेछन् ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि