• होमपेज
  • अटो
  • आईएमएस् ग्रुपले मनायो २६ औं वार्षिकोत्सव

आईएमएस् ग्रुपले मनायो २६ औं वार्षिकोत्सव

  • सोमवार, बैशाख १०, २०७५
आईएमएस् ग्रुपले मनायो २६ औं वार्षिकोत्सव

आईएमएस् ग्रुप स्थापनाको २६ औं वर्षमा प्रवेश गरेको छ । ग्रुपले २६ वर्ष पुगेको अवसरमा राष्ट्रिय सभागृह २६ औं वार्षिकोत्सव विशेष समारोहको आयोजना गरेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष मलहोत्राले ग्रुप सबै कर्मचारीहरुले लगनशीलता एवं इमानदारिताका साथ आफ्नो कार्य गरेकोले नै ग्रुपले २६ औं बसन्त सफलताका साथ प्रवेश गरेको बताए । सम्पूर्ण कर्मचारी, ग्राहक वर्ग एवं अन्य शुभेच्छुकलाई ग्रुपलाई निरन्तर सहयोग र न्यानो माया गरेको भन्दै उनले सबैप्रति आभार व्यक्त गरे ।

उक्त कार्यक्रम ग्रुपका अध्यक्ष दीपक मलहोत्रा, गु्रपका दिरेक्टर विमल सावर्थिया सीईओ डिकेश मलहोत्रा सहित ३ सय भन्दा बढी कर्मचारी लगायत अन्यको सहभागिता थियो । कार्यक्रममा ग्रुपका कर्मचारीद्वारा ट्यालेन्ट शो, मनोरञ्जनात्मक खेल, हाजिरी जवाफ प्रतियोगिता प्रदर्शन गरिएको थियो भने विजयी कर्मचारीहरुलाई पुरस्कार पनि वितरण गरिएको थियो । त्यसै गरी केही कर्मचारीहरुले विभिन्न विधा अन्तर्गत उत्कृष्ट एवं उल्लेखनीय कार्य सम्पादन गरे बापत पुरस्कृत पनि गरिएको थियो ।

मोबाइल फोन ब्राण्ड सामसुङ र कोरियन गाडी स्याङ्योङ मोटर्सको नेपालस्थित एकमात्र आधिकारिक बिक्रेता, आईएमएस्ग्रुप अन्तर्गत अन्य २० कम्पनीहरु रहेका छन् ।

आइएमएस ग्रुप विगत २६ वर्षमा क्रमिक रुपमा विकसित हुँदै र झनै विस्तारित हुँदै आएको छ जुन कम्पनीको ब्यानरमा रहेका विभिन्न उत्कृष्ट कम्पनीहरुबाट स्पष्ट हुन्छ । विगत ५ वर्षमा ग्रुप आयको अधारमा ५ गुणाले वृद्धि हुँदै देशभरमा आफ्नो उपस्थिति बढाउन पनि सफल भएको छ ।

हाल यस अन्तर्गत कुल १२ वटा कम्पनीहरु रहेका छन् । टेक्नोलोजी र आर्थिक पक्षहरुमा सकारात्मक परिवर्तन ल्याई देशको उत्पादकत्व बढाउन तथा रोजगारीका अवसरहरु सिर्जना गर्न कम्पनी सधैं नै केन्द्रित छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि