• होमपेज
  • समाचार
  • करौडौं ठगी गर्दै भायानेट

करौडौं ठगी गर्दै भायानेट

  • शुक्रबार, बैशाख ७, २०७५
करौडौं ठगी गर्दै भायानेट

सोझा साझा नेपाली जनतालाई उच्च गतिको गुणस्तरीय इनटनेट सेवा भन्दै महंगो मूल्यमा गुणस्तरहीन इन्टरनेट सेवा दिने भायानेटले करोडांै ठगी गरेको छ भन्दा सबैलाई अचम्म लाग्न सक्छ तर, यो सत्य हो ।

भायानेटले नेपाल दूरसञ्चार प्राधिकरणलाई रोयल्टी बापत बुझाउनुपर्ने १ करोड ४२ लाख १३ हजार ७ सय ९२ रुपैयाँ अझैसम्म पनि नबुझाएको प्राधिकरणका अध्यक्ष दिगम्बर झाले बताएका छन् ।

‘रोयल्टी रकम पुस मसान्तसम्म दिइएको समय सीमाभित्र सेवा नबुझाए पनि यसपटक समय थपेर पुस मसान्तसम्म बुझाउन पाउने सुविधा प्राधिकरणले दिए पनि अझैसम्म भायानेटले बुझाउनुपर्ने करोडौं रुपैयाँ बुझाएको छैन,’ अध्यक्ष झाले बताए ।

एनसेलले २ अर्ब २७ करोड ८४ लाख, नेपाल टेलिकमले १ अर्ब ६१ करोड २७ लाख रुपैयाँ, यूटीएलले आफ्नो पुरानो बक्यौतासहित २० करोड ६९ लाख रुपैयाँ बुझाएको छ ।

स्मार्ट टेलिकमले ३ करोड ४८ लाख रुपैयाँ रोयल्टीबापत बुझाएको छ । यस्तै इन्टरनेट सेवा प्रदायकतर्फ वल्र्ड लिंकले ५ करोड १ लाख रोयल्टी बुझाएको छ । सुबिसुले ४ करोड १९ लाख रुपैयाँ बुझाएको छ  । तर भायानेटले किन रोयल्टी तिरेको छैन यो गम्भीर विषय बनेको छ ।

आर्थिक वर्ष सकिएको तीन महिनाभित्र रोयल्टी बापतको रकम बुझाउनुपर्ने प्रावधान छ । त्यसमा पनि ६ महिनाको सीमासम्म पनि भायानेटले रोयल्टी किन बुझाएन । यसमा सम्बन्धित पक्षले ध्यान दिन जरुरी छ । गुणस्तरीय सेवाको नाममा ठगी गर्ने सरकारलाई बुझाउनुपर्ने रोयल्टी पनि नतिर्ने जस्ता कार्य गर्दा पनि सम्बन्धित पक्ष किन मौन बसेको छ, यो झनै गम्भीर सवाल हो ।

भायानेटको बारेमा सोधीखोजी गर्दै जाँदा यसले सोझासाझा जनतालाई उच्च गतिको इन्टरनेट र कष्टमर सर्भिस भन्दै ठगेको फेला परेको छ । अन्य इन्टरनेट भन्दा भायानेटको गति तीव्र भनी अरू इन्टरनेट हटाई भायानेट जोडेकोमा पछुताएको यसका प्रयोगर्ताले बताए ।

सुरुमा काठमाडौंबाट शुरु गरेको यस इन्टरनेट कम्पनीले काठमाडौं, भक्तपुर र ललितपुरमा नै राम्रो सेवा दिन सकेको छैन । भक्तपुरको पुरानो ठिमी क्षेत्रमा पनि यसको गलत प्रचार प्रसार गरिएको एक भायानेट प्रयोगकर्ताले बताए । ‘एक वर्षको एक पटक तिरियो ठूलो गल्ती गरिएछ,’ उनले बताए ।

यी र यस्ता थुपै नेपाली जनतााहरू भायानेटबाट पीडित भएका छन् । यसका बारेमा अन्य सञ्चार माध्यामहरुले पनि आवज उठाउन थालेका छन् । आफू ठगीमा रहेका कुराहरू लेख्न थालेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि