• होमपेज
  • फिचर
  • तीन संगठनको सहमतिमा सात संगठनको आपत्ती

तीन संगठनको सहमतिमा सात संगठनको आपत्ती

  • बिहिबार, बैशाख ६, २०७५
तीन संगठनको सहमतिमा सात संगठनको आपत्ती

नेपाली पत्रकारिता भित्र पनि राजीति रहन्छ भन्ने कुरा पटक पटक चर्चा र चासोको विषय बन्दै आएको छ । आ–आफ्ना पाटीसँग आवद्ध पत्रकारहरु दर्जनौ मातृसंस्था नेपाली पत्रकारिता कृयाशिल छन् ।

हालै मात्रै नेपाल पत्रकार महासंघको देश अधिवेशनमा केन्द्रीत रहि मुख्य दल एमाले, कांग्रेस र माओवादीसँग आवद्ध पत्रकारहरुका संगठन नेपाल प्रेस यूनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर वीच एउटा सहमती भएको समाचार बाहिर आएको छ ।

७ वटा प्रेदेश सहित १० क्षेत्र रहेको पत्रकार महासंघको प्रदेश अधिवेशन यहि वैशाख २२ गते हुँदैछ यसै वीचमा तीन वटा पत्रकार भागवण्डा लगाएर पद लिने जुन आँट गरे यो चाहि स्वागत योग्य कदम नै माग्नुपर्दछ ।

एमाले र माओवादी पत्रकारहरुके कब्जामै जाने प्रदेशको निवार्चनमा सहमतीको आधारमा कांग्रेस निकट पत्रकारहरुलाई केही सीट दिएर सहमती गरिएको देखिन्छ । नेपाल पत्रकार महासंघ केन्द्रिय समितिमा प्रेस यूनियनमा आवद्ध पत्रकारहरुको पूर्ण बहुमत रहेपछि बाध्य भएर प्रेस चौतारी नेपाल र प्रेस सेन्टरले यूनियनमा आवद्ध पत्रकारहरुलाई साथमा लिएर हिड्नु अर्को महत्वपूर्ण कदम मान्नै पर्दछ ।

प्रजातन्त्र र लोकतन्त्रमा चुनाव हुनु लोकतान्त्रिक परिपाटी नै हो । हारजीत स्विकार गर्नुपर्दछ तर यस पटक जसरी तीन वटा पत्रकारहरुका संगठन एक ठाउँमा आए यसले पत्रकारिताको विकास, लोकतन्त्रको संरक्षण र आम श्रमजिवी पत्रकारहरुको हकहितका लागि थप उर्जा प्रदान गर्ने प्रस्टै भएको छ ।

जसरी सहमती गरियो यसमा चाहि कता अरु साना पार्टीमा आवद्ध पत्रकारहरुका संगठनलाई चिसो पस्न सक्दछ । उनीहरुलाई समेत समेटेर अगाडी बढ्न आजको आवश्यकता पनि हो ।

 

सहमतिको पेज १ र २
सहमतिको पेज 3 र 4
सहमतिको पेज 5

तीन ठूला संगठन वाहिर अझै दर्जनौ साना पार्टीका पत्रकारहरुका संगठन कृयाशिल छ । उनीहरुलाई पनि केही स्थान दिनु जरुरी देखिन्छ । पत्रकारिता पेशालाई अझै शसक्त बनाउन ती संगठनहरुलाई साथमा लिएर हिड्नु पर्ने अवस्था छ, तर तीन ठूला पत्रकारका संगठनहरुले यो नगर्नुको पछाडीको रहस्य के हो यो चाहि खोजीको पाटो बन्न सक्दछ ।

पत्रकारिता पेश एउटा जटिल र संवेदनशिल पेशा हो । त्यसको लागि पत्रकारहरु मिलेर एक आपसमा सूचना आदनप्रदान गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा साना ठूला पार्टीमा आवद्ध भएमा पत्रकारहरु एक भई साना पार्टीमा आवद्ध भएका अन्य पत्रकारको संगठनहरुलाई बेवास्ता कदापि गर्नु हुदैन ।

ठूला ३ पार्टीका पत्रकार युनियनहरुले आपस केही समझदारी गरी एक हुने निर्णय गरे तर उनीेहरुले क्रान्तिकारी पत्रकार संगठन–अध्यक्ष प्रभात चलाउने, प्रगतिशिल पत्रकार संघ–अध्यक्ष नारायण शर्मा, क्रान्तिकारी पत्रकार महासंघ–अध्यक्ष इन्द्र रावत, मिडिया नेपाल–अध्यक्ष गोपाल पौडेल, प्रेस सोसाइटी नेपाल–अध्यक्ष केशब अर्याल, संघीय प्रेस फोरम–महासचिव सरोज खिलाडी, मधेशी पत्रकार समाज–अध्यक्ष मोहन सिंह लगायत साना ७ पत्रकार संगठनले संयुक्त रुपमा बैठक बसी यो सहमतीको बिरोध गरेका छन् ।

विज्ञप्तीमा भनीएको छ । महासंघ सबै श्रमजीवी पत्रकारहरुको छाता र साझ संस्था हो । प्रदेश निर्वाचन हुँदै गर्दा महासंधलाई साझा बन्न नदिने प्रयत्न भइरहेको छ । महासंघमा सिन्डिकेट तथामनपरी लाद्ने प्रयत्न भइरहेने र कार्यसमितिले अमूर्त रुपमा त्यसला मान्यता दिने काम भइरहेको आरोप लगाएका छन् ।

महासंघलाई नै छाता, साझा र अगुवा संस्था बन्न नदिने भइरहेको गतिविधि रोक्न महासंघको कार्यसमितिले पहल गरेन र कसैले सिन्डकेट तथा मनपरीलाई नै स्वीकार गरी भएका सहमतीमा अन्य साना पार्टीका पत्रकारहरुको संठनलाई पनि उचित स्थान दिइएन भने तालाबन्दी सहितका कार्यक्रमहरु गर्ने विज्ञप्तीमा उल्लेख छ ।

 

Facebook Comments

सम्बन्धित समाचार