• होमपेज
  • बीमा
  • नेपाल लाइफको नगद लाभांश वितरण

नेपाल लाइफको नगद लाभांश वितरण

  • आइतवार, बैशाख २, २०७५
नेपाल लाइफको नगद लाभांश वितरण

नेपाल लाइफ इन्स्यारेन्स कम्पनीले साधारणबाट पारित नगद लाभांश भाेलीपल्टबाटै वितरण थालेकाे छ । कम्पनीकाे गत चैत २८ गते सम्पन्न १८ औं बार्षिक साधारण सभाले २८.५३ प्रतिशत नगद लाभांश तथा  ४२ प्रतिशत बाेनस वितरण गर्ने प्रस्ताव पारित गरेको थियाे । सभाबाट पारित ४२ प्रतिशत बोनस सेयर भने नेप्से र सिडिएससीमा सूचीकरण पश्चात पठाइने कम्पनीले जनाएको छ ।

नेपाल लाइफले साधारण सभाका लागि बुकक्लोज गरेको अघिल्लो दिन चैत १३ गतेसम्म सेयर डिम्याट गरी हितग्राही खातामा बैंक खाता अद्यावधिक गरेका सेयरधनीलाई बोनसमा लाग्ने कर कट्टी गरि वितरण गरेको जनाएको हो ।

Facebook Comments

सम्बन्धित समाचार