अपराध मौलाउन नदेऊ

  • आइतवार, बैशाख २, २०७५
अपराध मौलाउन नदेऊ

जनताको जीवनको सुरक्षा गर्नु सरकारको कर्तव्य हो । नागरिकले शान्तिको प्रत्याभूति गर्न पाउनु उसको नैसर्गिक अधिकार हो ।

तर आन्दोलनको नाममा उच्च अधिकारीदेखि दुधे बालकलाईसम्म भाला र घरेलु हातहतियारले तड्पाई–तड्पाई मार्न निर्देशन दिने रेशम चौधरीलाई बचाउन ओली सरकार लाग्नु राम्रो राम्रो संकेत होइन । यसले मुलुकलाई गृह युद्धमा धकेल्न बेर छैन । अझै बढी संक्रमणकालमा धकेल्न बेर छैन ।

आफूलाई शपथ खुबाउनुपर्ने र रिहा गर्नुपर्ने माग लिएर जेलभित्र अनशन बसेका रेशम चौधरीलाई गृहमन्त्री रामबहादुर थापा आफैंले जुस खुबाएर अनशन तोडाउनुले के सन्देश दिन्छ ? के यो मुलुकमा कानून छैन ? हरेक नेपालीले सोध्ने प्रश्न हो यो । अदालतमा मुद्दा विचाराधीन रहेका रेशम चौधरीलाई माफी दिए देशमा अर्कै चौधरी नजन्मिएला भन्न सकिन्न ।

जसले मान्छेको जीवनलाई कौडीको भाउमा पनि गन्दैन । दर्जनौं सुरक्षाकर्मी र नाबालकलाई निर्मम तरिकाले मार्ने चौधरी र उसका मतियारहरूलाई हदैभन्दा कडा सजाय हुनुपर्दछ । यदि सरकारले उसको मुद्दा फिर्ता लियो भने भोलिको दिनमा जनताले वामपन्थी सरकारलाई सडकबाटै पत्तासाफ गर्नेछन् ।

पहिले ओली सरकारले यो बुझ्न जरुरी छ । अब जनता भोट बैंक मात्र होइन । सरकारको हर कदमलाई नियाल्न र मूल्यांकन गर्न सक्ने भएको छ ।

एकताको नारा बोकेर हिँडेका एमाले र माओवादीबीच नै चौधरीको कारण विवाद भएको समाचार बाहिर आएको छ । माओवादी नेतृत्वले चौधरीलाई माफी दिनुपर्ने बताउँदै आएको छ ।

यो राम्रो संकेत होइन । सत्ता साझेदार पार्टीबीच यस्तो हुनु राम्रो होइन । जनताले चौधरीलाई माफी दिनको लागि भोट दिएका होइनन्, देश बनाउनका लागि हो । र यो काम अदालतको हो, सरकारको होइन ।

राष्ट्र सेवक कर्मचारीका परिवार र नाबालकका आफन्तजनका आँखामा आँसु अझैसम्म पनि सुकेको छैन । अर्को चुनाव पनि आउँछ भनेर ओली सरकारले ख्याल गर्न जरुरी छ । भोलिको दिनमा वामपन्थीहरूलाई सत्तामा आउन कठिन अवस्थाको सृजना नहोस् । बहुमतको हल्ला चलाउँदै अपराधीलाई माफी दिने अधिकार ओली सरकारलाई छैन ।

यहाँ कानूनभन्दा माथि कोही छैन । जनता र राष्ट्र सेवक कर्मचारीको ज्यान लिने चौधरीलाई जेल सजाय हुनुपर्छ कि पर्दैन ? आर्थिक समृद्धि तथा विकास निर्माणको काम गरेर जनताको जीवनस्तर विकास गर्नको लागि जनताले वामपन्थीलाई भोट दिएका हुन् । अपराधलाई जगेर्ना गर्नको लागि होइन । अदालतको काम हो न्याय र अन्याय छुट्याउने, सरकारको होइन । सरकारले आफ्नो अधिकारको सीमिततमाभित्र रहेर काम गर्नुपर्छ ।

अपराधलाई यसरी नै मलजल गर्ने हो भने जनताले आफ्नो ज्यानको सुरक्षाको प्रत्याभूति कसरी गर्छ ? दश वर्षे जनयुद्धमा बेपत्ता पारिएका र निर्मम तरिकाले हत्या गरिएका निर्दोष नागरिकबारे के भन्छ यो सरकार । त्यसले नपुगेर अझैं पनि हत्यारालाई सुरक्षा प्रदान गरिरहेछ । यसलाई आम जनताले कसरी बुझ्ने ?

जुन जोगी आए पनि कानै चिरेको जस्तो नहोस् । अब जनताले विकास र समृद्धि चाहन्छ । चौधरीलाई माफी दिने हो भने अरू मुद्दा लागेका सबै अपराधीलाई आम माफी दिनुपर्छ ओली सरकारले । र सम्पूर्ण जनताको सुरक्षाको जिम्मा राष्ट्र सेवक कर्मचारीले होइन सरकारले नै लिनुपर्छ ।  राजतिलक साप्ताहिक

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि