• होमपेज
  • समाचार
  • इन्टरनेटको नाममा धब्बा : भायानेट

इन्टरनेटको नाममा धब्बा : भायानेट

  • शुक्रबार, चैत्र ३०, २०७४
इन्टरनेटको नाममा धब्बा : भायानेट

निर्मल धिताल | नेपालको इन्टरनेट प्रदायक कम्पनीमध्ये एक हो भायानेट कम्युनिकेशन प्रा.लि. । यस कम्पनीले विगत १८ वर्षदेखि नेपालमा उत्कृष्ट इन्टनेट प्रदान गरिरहेको दाबी गरेको छ ।

तर यो सरासर गलत सावित भएको छ । यस इन्टरनेट कम्पनीले दिने नेट अन्य कम्पनीको भन्दा पनि कम गतिको रहेको यसका ग्राहकहरू बताउँछन् ।

वर्षभरिको एकमुष्ठ रूपमा पैसा तिर्दा केही सहुलियत दिएको देखाउने र जनता ठग्ने उद्देश्य लिई आम नेपालीहरूलाई झुक्याइरहेको छ । नेट केही समय त राम्रो चल्यो, त्यसपछि त एउटा मोबाइलमा पनि चल्न निकै गा¥हो भएको भायानेटका उपभोक्ताहरूको गुनासो छ ।

भायानेटले आफ्ना ग्राहकहरूलाई राम्रो सेवा दिने गलत प्रचार प्रसार गरे पनि नेट जडान भएको केही समयपछि नेट नचल्ने र बारम्बार फोन गर्दा पनि केही प्रतिउत्तर नदिने यसको अहिले मुख्य विशेषता नै बनेको छ ।

एक वर्षको पूरा पैसा तिरिसकेको र फेरि सो सेवा रद्द गर्दा विभिन्न सेवा शुल्क वापत धेरै पैसा काटिने हुँदा सो सेवामै झुलिन बाध्य छन् आम सेवाग्राहीहरू । ‘एउटा ज्याकलाई काटेर फेरि त्यही ज्याकलाई जोड्दा पनि रु ५०० सेवा शुल्क लाग्छ रे ! के यही हो कस्टमर सर्भिस भनेको ?,’ एक भायानेट उपभोक्ताले भोक्किँदै भने । यस्ता नेट नेपालमा धेरै दिन टिक्दैनन् ।

यो समस्या उनी एक जनामा मात्र होइन, भायानेट जडान गर्ने हरेक आम नागरिकलाई यस्तै समस्या परेको छ । चाहिएको बेलामा नेट नहुने, नचल्ने गरेको छ । सम्बन्धित ठाउँमा फोन गर्दा कहिले सर्भिस विस्तार गरिने निहुँमा त कहिले उनीहरूको आफ्नो सिस्टम डाउन भनी उनीहरू जिम्मेवारीबाट पन्छिन खोजिरहेका छन् ।

भायानेटको कस्टमर सर्भिसको त कुरा गरि साध्यै नै छैन । नेट चलेन भन्यो भने कस्टमर आईर दिनु हामी टेक्निसिएनलाई खबर गरि तपाईलाई फोन गर्छौ भन्दछ् तर त्यो फोन भने कहिल्यै आउदैन । यस्तो भायानेटको कस्टमर सर्भिस । क्या गजबको । एक दिनमा फोन गर्दा गर्दा भायानेटले एक महिनामा लिने शुल्क नै सकिएला तर यसको समस्या भने समाधान भने छैन ।

समस्या भएर फोन गर्दा अनेक कुरा भनी अल्झाउने कर्मचारीहरू अनालइनबाट विभिन्न सफ्वेयर डाउनलोड गर्न लगाउने र उनीहरूले हाम्रो सिस्टम अपरेट गरेर अन्तिममा केही नभएर तपाईको राउटर नै चेन्ज गर्नुस पो भन्दा रहेछन् । के हामीले बजारबाट ल्याएको सामान नचल्ने उनीहरूकै सामान किन्दा राम्रो हो र ? उनीहरूको सर्भिस नै राम्रो छैन । जो चोर उसैको ठूलो स्वर । भन्नै प्रतिक्रिया दिए काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका एक उपभोक्ता ।

अरु सबै कुरा एकातिर राखी हामी भायानेटकै फेसबुक पेजमा यी र यस्ता प्रतिक्रिया धेरै छन् । फेसबुक पेजमा भएको ९०% प्रक्रियाहरू सबै नकारात्मक नै छन् । सकारात्मक हुन त आफुले सर्भिस राम्रो दिनु पर्यो नि !

सुरु सुरुमा थोरै समय इन्टरनेट डिष्टब हुँदा पनि मोवाइमा सन्देश पठाउने भायानेटले केही समय अघि करिब दुई महिना इन्टरनेट चलेन यसको भायानेटले आफ्ना उपभोक्तालाई कुनै जानकारी दिएन ।

यी र यस्ता इनटरनेट प्रदायक कम्पनीहरूले नेपाली उपभोक्त ठग्ने प्रवृत्ती पछिल्ला समयमा बढ्दै गएको छ । यसमा सम्बन्धीत निकायले ध्यान दिनु जरुरी छ । यसको छानविन गरि कारवाहि प्रक्रिया तुरुन्त अघि बढाउनु जरुरी छ  |राजतिलक साप्ताहिक

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि