• होमपेज
  • समाचार
  • अनुपमा नेपालको बैंकिङ इतिहासमा पहिलो महिला सीईओ

अनुपमा नेपालको बैंकिङ इतिहासमा पहिलो महिला सीईओ

  • शुक्रबार, चैत्र ३०, २०७४
अनुपमा नेपालको बैंकिङ इतिहासमा पहिलो महिला सीईओ

अनुपमा खुँजेली नेपालको बैंकिङ इतिहासमा पहिलो महिला प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्न सफल भएकी छिन् । उनी मेगा बैंक नेपाल लिमिटेडको सीईओमा चार वर्षका लागि नियुक्त भएकी हुन् ।

बैंकको विहीबार गोकर्ण फरेस्ट रिसोर्टमा बसेको सञ्चालक समितिको वैठकले उनलाई सीईओको जिम्मेवारी सुम्पेको हो । दुई वर्षे कार्यकाल सकेर अनिल केशरी शाह अवकाश भएपछि उनले मेगा बैंकमा नै कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् । खुँजेलीले वैशाख २ गतेदेखि मेगा बैंकमा सीईओको कार्यभार सम्हाल्नेछिन् ।

खुँजेलीसँग २७ वर्ष लामो बैंकिङ अनुभव रहेको छ । उनले सन् १९९१मा तत्कालिन नेपाल ग्रिन्डलेज बैंक अहिलेको स्टान्डर्ड चार्टर्ड बैंकबाट करिअरको सुरुवात गरेकी थिइन् । त्यहाँ उनले सहायक स्तरबाट प्रवेश गरी १३ वर्ष विताएर मेनेजर तहबाट बाहिरिइन् ।

त्यसपछि सिनियर मेनेजरका रुपमा उनी नबिल बैंकमा प्रवेश गरिन्, जहाँ उनले छ वर्ष विताइन् र संस्थापक नायव महाप्रबन्धकका रुपमा मेगा बैंकमा कदम राखिन् । त्यसपछि बढुवा हुँदै उनी सीईओ बन्न सफल भएकी हुन् ।

खुँजेलीले एमबीए गरेकी छिन् । उनले एस कलेजबाट एमबीए गरेकी हुन् । नेपालकै सेन्टमेरिज स्कुलमा १० कक्षासम्म पढेपछि उनले प्लस टु भारतबाट गरेकी हुन् । स्नातक गर्न भने उनी पुनः नेपाल नै आइन् । उनले स्नातक स्नातक शंकरदेव क्याम्पसबाट गरेकी हुन् ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि