• होमपेज
  • फिचर
  • गभर्नर डा. नेपाल राजीनामा देऊ

गभर्नर डा. नेपाल राजीनामा देऊ

  • मङ्लबार, फाल्गुन २२, २०७४
गभर्नर डा. नेपाल राजीनामा देऊ

नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. युवराज खतिवडा अर्थमन्त्रीमा नियुक्त भएका छन् । उनी राष्ट्र बैंकका गभर्नर रहँदा दर्जनौं सुधारका काम गरेका थिए । हालका गभर्नर डा. चिरन्जनीवी नेपालले नयाँ काम केही गर्न सकेका छैनन् । र गर्न चाहेका पनि छैनन् । राष्ट्र बैंकमा सधैं आन्दोलन छ ।

शेयर बजार इतिहासकै कमजोर अवस्थामा छ । पूँजी वृद्धीको नाममा पूँजी बजारमा छैन । बैंकहरूमा चर्को तरलता अभाव देखिएको छ । लगानीकर्ता हेर र पर्खको अवस्थामा छन् । पाँच करोडमा किनेको शेयर एक करोड मूल्यमा झरेको छ तर, डम. नेपाल वित्तीय संस्थाहरूको देश र विदेशमा खोलिएका शाखाहरूको उद्घाटन गर्दै हिँडेका छन् । ठूला कुरा गरे पनि काम केही गर्दैनन् । बैंक तथा वित्तीय संस्थालाई छाडा साँढेजस्तै गरी छाडिदिएका छन् । यस्ता गैरजिम्मेवार गभर्नर डा. नेपालले अब नैतिकताको आधारमा पनि तत्कालै राजीनामा दिनुपर्दछ ।

नयाँ र अप्ठ्यारा केही निर्देशन लागू गरी बैंक तथा वित्तीय संस्था तहसनहस पार्ने, आफ्नालाई काखा र अरूलाई पाखा गर्ने गभर्नर डा. नेपालबारे सरकारले केही सोच्न जरुरी देखन्छ । नत्र बैंक तथा वित्तीय संस्थाहरूको अवस्था झनै जटिल हुने देखिन्छ । पूँजी वृद्धिको नाममा बैंकमा तरलता अभाव चर्को रूपमा देखापरेको छ । ८ प्रतिशत ब्याजमा लिएको कर्जा १८ प्रतिशतमा पुगेको छ तर, डा. नेपालले यसबारे बेवास्ता गर्दै आइरहेका छन् । बैंक तथा वित्तीय संस्थालाई निरीक्षणसम्म नगर्ने गैरजिम्मेवार गभर्नर अब नेपाली जनतालाई चाहिएको छैन ।

एउटा सानो बैंकको शाखा विदेशमा सञ्चालन हुँदा पनि विदेशी पूँजी मोजमस्ती गर्ने गभर्नर डा. नेपाल कमाइधन्दामा मात्र लिप्त हुने गरेको भन्दै आलोचना भइरहेको छ ।

दजनौं बैंकले जनताको पैसामाथि फुपूको श्राद्ध गरिरहँदा पनि गभर्नर चुपचाप बसिरहेका छन् । न स्पष्टीकरण छ न त कारबाही नै । जे गर्न पनि छुट दिने डा. गभर्नर नेपालकै कारण राष्ट्र बैंकमा दिनदिनै आन्दोलन छ । अदालतमा कर्मचारीरूले नै मुद्दा दर्ता गरेका छन् । पूर्व गभर्नर डा. खतिवडाले ल्याएको राम्रो कामलाई गभर्नर नेपालले रद्दी टोकरीमा फालेका छन् ।

भिजन नै नभएका गभर्नर डा. नेपालकै कारण पूँजी वृद्धिको नाममा अहिले बजार पैसाविहीन मात्रै बनेको छैन, शेयरको मूल्य घटेपछि लगानीकर्ता निराश भएका छन् । आम्दानी बढेको छैन । कर्जा ब्याज दिनदिनै बढेको बढ्यै छ तर, गभर्नर नेपाल कानमा तेल हालेर बसेका छन् । यस्ता गैरजिम्मेवार गभर्नर नेपालले अब सरकारलाई बाटो खोलिदिनुपर्छ । नत्र नेपाली अर्थतन्त्र झनै जटिल अवस्थामा पुग्ने अर्थविज्ञहरूको विश्लेषण छ ।

ठूला कुरा गर्ने तर, माखो पनि नमार्ने गभर्नर डा. नेपालकै कारण केही बैंकहरू दूरदराजका गाउँमा पुगेका छैनन् । यसको एउटै कारण हो आफ्ना प्यारा बैंक नेपाल बंगलादेश बैंक, एभरेष्ट बैंकका शाखा करिब ६० वटा पनि छैन ।

उनीहरूलाई स्थानीय तहमा नपुग्न छुट छ तर, कम्युनिष्ट आस्था भएका बैंक र तिनका प्रोमोटरहरूलाई छानीछानी स्थानीय तहमा बैंक पु¥याउन निर्देशन दिने गैरजिम्मेवार गभर्नर डा. नेपाल राजीनामा देऊ । सरकारलाई काम गर्ने बाटो देऊ । होइन भने अर्थमन्त्रीले डा. नेपालको राजीनामा मागी नयाँ गभर्नर नियुक्त गर्नु अहिलेको आवश्यक्ता नै हो । राजतिलक सम्पादकीय

Facebook Comments

सम्बन्धित समाचार