• होमपेज
  • प्रविधि
  • इटिकेटिङ शुरु गर्दै साझा यातायात

इटिकेटिङ शुरु गर्दै साझा यातायात

  • शुक्रबार, फाल्गुन ११, २०७४
इटिकेटिङ शुरु गर्दै साझा यातायात

 

साझा यातायातले ‘इटिकेटिङ’ शुरु गर्न तयारी थालेको छ । नेपाल राष्ट्र बैंकसँगको सहकार्यमा इटिकेटिङ लागू गर्न लागिएको साझा यातायातका कामु प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले बताए ।

इटिकेटिङ शुरु भएपछि यात्रुले भाडामा पैसाको साटो कार्डको प्रयोग गर्न सक्ने छन् । साझाका सबै बसमा उक्त नियम लागू हुने पाण्डेले जानकारी दिए । नियमित रुपमा यात्रा गर्ने यात्रु यो सेवाबाट बढी लाभान्वित हुन सक्नेछन् । उनले भने ः– “कर्मचारी, विद्यार्थीलगायतलाई यो सेवाले अझै सजिलो हुनेछ ।”

साझा यातायातले दुई वर्ष पहिले नै नेपाल बैंक लिमिटेड र नेपाल टेलिकमसँग सम्झौता गरेको थियो । गत वर्ष परीक्षणका रुपमा केही बसमा लागू भएको थियो । पाण्डेय भन्दछन्, “सबै बसमा लागू हुँदा नै यो सेवा अझै प्रभावकारी बन्न सक्छ ।” केही रुटमा मात्रै र थोरै बसमा यो सेवा लागू हुँदा भने यात्रुले प्रयोग गर्न नचाहने पाण्डे बताउछन् ।

साझा यातायातको अहिले काठमाडौँ उपत्यकामा ४४ वटा र उपत्यका बाहिर दुईवटा बस सञ्चालनमा छ । उनन्तीस वटा बस थप गर्ने साझा यातायातले तयारी गरेको छ । साझामा ९७ प्रतिशत सरकारी लगानीमा सञ्चालित छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि