• होमपेज
  • अटो
  • नारायणघाटमा यामाहा एफजी २५ ‘राइड आउट’

नारायणघाटमा यामाहा एफजी २५ ‘राइड आउट’

  • आइतवार, माघ २१, २०७४
नारायणघाटमा यामाहा एफजी २५ ‘राइड आउट’

 

नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले आफ्नो उत्पादन यामाहा एफजी २५ का राइडरहरुका लागि ‘एड्भेन्चरस’ तथा रोमाञ्चक ‘राइड आउट’को दोस्रो संस्करण आयोजना गरेको छ ।

यसपटक एफजी२५ राइडरर्सलाई यामाहाले आफ्नो नारायणघाट डिलर नविन अटोबाट उडरक भिल्लामा लगेको थियो जहाँ उनीहरुले एउटा सुखद र रमाइलो दिनको अनुभव गरे ।

पाँच समूहमा विभाजन गरिएका २५ जना एफजी२५ राइडरलाई ‘टग अफ वार’, ‘पिकिङ द फ्ल्याग’, ‘आर्म रेस्लिङ’ लगायतका सामुहिक टास्क दिइएको थियो । यो संस्करणमा उचित अधिकारी ‘अल्टिमेट स्ट्रिट फाइटर’ घोषित भए । कार्यक्रमको अन्तमा सबै राइडरहरुलाई ‘यामाहा एम्बेसेडर’ घोषणा गरिएको थियो ।

यामाहाले दिएको अवसरप्रति एफजी२५ का राइडर खुसी व्यक्त गरे । ‘राइडरहरुप्रति यामाहाले सधैं सहयोगी भाव राख्ने गरेको छ । आजको इभेन्ट हाम्रो लागि यादगार रह्यो । भविष्यमा पनि यामाहाले यसलाई निरन्तरता दिओस् भन्ने चाहन्छौं,’ सहभागी राइडर तथा भ्लगर आशिष काफ्लेले भने ।

अत्याधुनिक फ्युल इन्जेक्सन प्रविधि रहेको एफजी२५मा एयर कुल्ड विथ आयल कुलर, ४ स्ट्रोक, एसओएचसी, २ भल्भ, सिंगल सिलिन्डर भएको २४९ सीसीको शक्तिशाली इन्जिन रहेको छ ।

मोटरसाइकलमाथि नियन्त्रण सहज यसको वजन कम (१४८ केजी) गरिएको छ । यी विशेषताहरुले एफजी२५ लाई ‘एफजी वल्र्ड’को ‘पावरफुल, मिड–क्लास, स्ट्रिट फाइटर’ बनाएको छ ।

यसमा यामाहाको प्योटेन्टेड ‘ब्लुकोर’ इन्जिन रहेको छ जसले मोटरसाइकलको पर्फमेन्सलाई बढाउनुका साथै इन्धन खपतलाई न्युन गर्छ र यो वातावरणमैत्री बीएस ४ इमिसन स्ट्यान्डार्डमा निर्माण गरिएको छ ।

एफजी२५ तीन वटा एक्साइटिङ कलर– ‘ब्यालेस्टिक ब्लु’, ‘वारियर ह्वाइट’ र ‘नाइट ब्ल्याक’मा उपलब्ध छ । लन्च भएको छोटो अवधिमै एफजी२५ नेपालमै सबैभन्दा बढी खोजिएको मोटरसाइकल बन्न सफल भएको छ ।

Facebook Comments

सम्बन्धित समाचार