को हुन राधीका ?

  • शनिबार, माघ २०, २०७४
को हुन राधीका ?

 

जनताबाट जनादेश गुमाएको वर्तमान सरकारका सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले सरकारी सञ्चार माध्याम गोरखापत्र संस्थानको सञ्चालकमा गैर पत्रकार राधीका ढकाललाई नियुक्त गरेको छ । गाविसको उपाध्यक्षमा चुनाव हारेकी काँग्रेसी कार्यकर्ता ढकाललाई सञ्चालक पदमा नियुक्ती गरेसँगै सञ्चारमन्त्री बस्नेतको आलोचना बढेको मात्रै छैन आम पत्रकार उनको गलत निर्णयको पर्दाफास गर्न पुगेका छन् ।

जाँदा जाँदै मन्त्री बस्नेतले धमाधम पत्रकारको नाममा गैर पत्रकारलाई सञ्चार माध्याममा नियुक्ती दिनुले उनीको नियतमाथि नै शंका उत्पन्न भएको छ ।

गोरखापत्र संस्थानको महाप्रबन्धकमा पूराना पत्रकार बसन्त प्रकाश उपाध्यायलाई नियुक्ती गरेर राम्रो छवी बनाएका मन्त्री बस्नेतले मैयाँ काँग्रेसी कार्यकर्तालाई सो संस्थानको सञ्चालक पदमा नियुक्ती दिएसँगै उनीको आलोचना बढेको हो ।

समाचार स्रोतको दाबी छ ः– ती सञ्चालक ढकाललाई एक काँग्रेसी नेताको सिफारिसमा गोरखापत्र संस्थानको बोर्ड सदस्यमा नियुक्त गरिएको हो । ती काँग्रेसी नेताको मैयासँगको कथा हामी अर्को अंकमा दिनेछौं ।
नेपाल प्रेस यूनियनको सिफारिस बिना नै सञ्चार माध्याममा काँग्रेसी कार्यकर्ता भर्ना गरिएपछि यूनियनको समेत ध्यानाकर्षण भएको देखिन्छ ।

नेपाली पत्रकारितामा आग्रज पत्रकारको लर्को हुँदा हुँदै निजी स्वार्थका कारण मन्त्री बस्नेतले गरेको निर्णयलाई नयाँ सरकारले नमान्ने एमाले नेता एंवं उपाध्यक्ष भीम रावलले राजतिलक साप्ताहिकलाई टेलिफोनमा बताए ।

रावलले भने ः– जनमत गुमाएको पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्रीले गराएका कुनै पनि निर्णय नयाँ सरकारले मान्ने छैन । हामीले सरकार गठन गरेपछि सबै निर्णय उल्टाउने छौं ।’ यसबाट प्रस्टै छ अब आउने सरकारले यस्ता गलत निर्णय नमान्ने भएपछि मैयाँ काँग्रृेसी कार्यकर्ता ढकालको पद नै जाने देखिन्छ ।

यस्तै प्रेस काउन्सील नेपालको सदस्य रहेका सुर्दशन आचार्यलाई हटाएर अर्को महिला पत्रकारलाई नियुक्त गर्ने मन्त्री बस्नेतको सपना भने तुहिएको छ । आचार्यको कार्यकाल असारमा सकिने भएकाले मन्त्री बस्नेतले उनीलाई बर्खास्त गर्दै मैयाँ पत्रकार पठाउने तयारी गरेपछि पार्टी नेतृत्वबाटै विरोध भएपछि उनी पछि हटेको स्रोतको दाबी छ ।राजतिलक साप्ताहिक

Facebook Comments

सम्बन्धित समाचार