• होमपेज
  • अटो
  • जेसीबीको नं १ डिलर ‘एमएडब्लु अर्थमुभर्स’

जेसीबीको नं १ डिलर ‘एमएडब्लु अर्थमुभर्स’

  • बुधबार, माघ १०, २०७४
जेसीबीको नं १ डिलर ‘एमएडब्लु अर्थमुभर्स’

 

एमएडब्लु अर्थमुभर्स प्रालि जेसीबी इन्डिया लिमिटेडको नं १ डिलर बन्न सफल भएको छ । सन् २०१७ मा सबैभन्दा बढी जेसीबीका निर्माण उपकहरणहरुको विक्री गरेर एमएडब्लु अर्थमुभर्स नं १ डिलर बनेको हो । गएको एक वर्षमा एमएडब्लुले दुई हजार एक सय ४० वटा जेसीबी ब्रान्डका निर्माण उपकरणको विक्री गरेको थियो ।

यो उपलब्धीसँगै एमएडब्लु अर्थमुभर्स दक्षिण एसियामा सर्वोत्कृष्ट र विश्वमा दोस्रो सर्वोत्कृष्ट डिलर बनेको छ । एमएडब्लु जेसीबीको ‘क्लब २०००’ को पहिलो सदस्यसमेत बनेको छ । जेसीबी इन्डियाको कुनै पनि डिलरले एक वर्षमा दुई हजार वटा मेसिन विक्री गरेको यो पहिलो अवसर हो ।

जेसीबी इन्डियाले मंगलबार एक समारोहमा एमएडब्लुलाई यो सफलताका लागि सम्मान गरेको छ । कार्यक्रममा जेसीबी इन्डियाका सीइओ एवं प्रबन्ध निर्देशक विपिन सोन्धीले एमएडब्लु अर्थमुभर्सका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवाललाई २००० क्लबको अवार्ड हस्तान्तरण गरे ।

यसका साथै, एमएडब्लु अर्थमुभर्स दक्षिण एसियामै सबैभन्दा बढी ब्याकहो लोडर, एस्काभेटर र ह्विललोडर विक्री गर्न सफल डिलरसमेत बनेको छ । एमएडब्लु अर्थमुभर्सले सन् २००३ मा जेसीबीको डिलरसिप लिएको थियो ।
जेसीबी इन्डिया लिमिटेड बेलायतमा मुख्यालय रहेको बहुराष्ट्रिय कम्पनी हो । सन् १९४५ मा स्थापना भएको जेसीबी लिमिटेडका संस्थापक जोसेफल सिराइल बम्फार्डले सन् १९५३ मा ब्याकहो लोडरको आविष्कार गरेका थिए । उनकै नामबाट कम्पनीको नाम जेसीबी राखिएको हो ।

बेलायत, जर्मनी, अमेरिका, अस्ट्रेलिया र भारत लगायतका देशमा रहेका रहेका २२ वटा प्लान्टबाट जेसीबीले तीनसयभन्दा बढी प्रकारका निर्माण र हेभि उपकरणको उत्पादन गर्दै आएको छ । विश्वको तेस्रो ठूलो निर्माण उपकरण निर्माता जेसीबीका मेसिनहरु संसारको एकसय ५० वटा मुलुकमा प्रयोग गरिन्छन् । जेसीबीले आफूलाई चाहिने इन्जिन, एक्सल, च्यासिस, क्याबिन, हाइड्रोलिक र ट्रान्समिसन आफैंले उत्पादन गर्दै आएका छ भने ‘रिसर्च एन्ड डेभलपमेन्ट’को क्षेत्रमा वार्षिक लाखौं डलर खर्च गर्दै आएको छ ।

Facebook Comments

सम्बन्धित समाचार