• होमपेज
  • प्रविधि
  • अब घरमै बसेर आइपिओ, एफपिओ तथा हकप्रद सेयरमा आवेदन

अब घरमै बसेर आइपिओ, एफपिओ तथा हकप्रद सेयरमा आवेदन

  • बुधबार, माघ १०, २०७४
अब घरमै बसेर आइपिओ, एफपिओ तथा हकप्रद सेयरमा आवेदन

 

लगानीकर्ताले घरमै बसेर सार्वजनिक निश्कासन (आइपीओ र एफपीओ) तथा हकप्रदका लागि अनलाइन आवेदन दिन पाउने भएका छन् ।

सेन्ट्रलाइज्ड अप्लीकेसन फर आस्वा बेस्ड इस्यूएन्स नामक प्रणाली निर्माण गरी यसलाई पूर्ण रुपमा लागू भएको जनाएसँगै लगानीकर्ताले यस्तो सुविधा पाएका हुन् ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडले एक सूचना प्रकाशित गर्दै माघ ९ गतेदेखि पूर्णरुपमा सि–आस्वा प्रणाली लागू गरिएको बताएको छ । सिडिएससिले सम्पुर्ण बैंक तथा वित्तीय संस्था, निष्काशनकर्ता, निष्काशन तथा बिक्री प्रबन्धक, लगानीकर्ताहरु तथा सम्बन्धित सरोकारवालाहरु सबैमा सो जानकारी गराएको छ ।

सीआस्वा प्रणालीको प्रयोगले धितोपत्रको खरीद आवेदकको हितग्राही खाता आवेदन पूर्व नै रुजु हुने हुँदा कुनै पनि आवेदन हितग्राही नमिलेको कारणले बाँडफाँडबाट बञ्चित हुनुपर्ने छैन ।

यस्तै, सम्पूर्ण बैंक तथा बित्तीय संस्थामा प्राप्त भएका आवेदन सम्बन्धी विवरण निश्कासन तथा बिक्री प्रबन्धकलाई सफ्टवेयरमार्फत सोझै प्राप्त हुने हुँदा निश्कासन बन्द भएको छोटो समयमा नै बाँडफाँड प्रक्रिया संचालन गर्न सकिने सूचनामा प्रष्ट्याइएको छ ।

अब घरमै बसेर आइपिओ, एफपिओ तथा हकप्रद सेयरमा आवेदन दिन सकिने भएको छ । यो प्रणालीले धितोपत्र बाँडफाँडको प्रक्रिया समेत छोटिने भएको छ । बैंक तथा वित्तीय संस्थामा प्राप्त भएका आवेदन सम्बन्धि विवरण बिक्री प्रबन्धकलाई सफ्टवेयर मार्फत सोझै प्राप्त हुने हुँदा बाँडफाँडको प्रक्रिया छोटिने सिडिएससीको भनाई छ ।

हालसम्म सिआस्वा प्रणालीमा २५ वटा बैंक तथा वित्तिय संस्थाहरु आवद्ध रहेका छन् । सिडिएसले सदस्यता नलिएका बैंक तथा वित्तीय संस्थाहरुलाई सिआस्वा संचालनका लागि अनुरोध समेत गरेको छ ।

सिडीएससीले सूचनामार्फत लगानीकर्तालाई आफ्नो बैंक खाता रहेको बैंक मार्फत सि आस्वामा दर्ताभई सि आस्वा रजिष्ट्रेशन नम्बर लिन आग्रह पनि गरेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि