• होमपेज
  • बीमा
  • एभरेष्ट इन्स्योरेन्सको शेयर खरानी

एभरेष्ट इन्स्योरेन्सको शेयर खरानी

  • शनिबार, पुस २९, २०७४
एभरेष्ट इन्स्योरेन्सको शेयर खरानी

आफनै बुबाको इज्जत माटोमा मिलाएर जनताको पैसा लुट्ने व्यापारी राजेन्द्र खेतानको एभरेष्ट इस्योरेन्सको शेयर घटेर गएको छ । हावाका भरमा ६०० प्रतिशत हकप्रद शेयर दिने घोषाण गरेर करिब १ कित्ताको २८४० सम्म लिई बिक्री गरेका राजेन्द्र खेतान समूह र सिइओ कमल गौतमको सक्कली अनुहार छताछुल्ल भएको छ ।

करिब ६ महिना अगाडी ६०० सय प्रतिशत हकप्रद शेयर दिने भन्दै ६ सयको शेयर २८४० पुर्याएर जनताको पैसा लुट्ने राजेन्द्र खेतान र सिइओ गौतम माथि अब बिमा समितिले कडा कारवाही गर्ने संकेत दिएको छ ।
बिमा समितिले धितोपत्र बोर्डले एभरेष्ट इस्योरेन्सको शेयर निस्काशनको लागि बिमा समितिसँग राय माग गरेपनि शेयर दिनको १० प्रतिशतले घटेको छ ।

बिमा समितिले स्वीकृत नदिने संकेत पाएपछि लगानीकर्ता पछि हटेका हुन् । एभरेष्टले बीमा समितिको निर्दे्शिका अनुसार नभएकोले राय मागिएको बोर्डका निर्देशक निरन्जय घिमिरेले जानकारी दिए । समितिको रायपछि मात्र बोर्डले अनुमति नदिने निर्णय गर्ने छ ।

एभरेष्टका संस्थापक शेयरधनी छैनन् । कम्पनीमा संस्थापक शेयरधनी नभएकोले बोर्डले समितिसँग राय मागेको हो । बोर्डले राय मागेपछि दोस्रो बजारमा गलत हल्ला फिजाएर बजार घटाउन खोजिएको कम्पनीका सहायक महाप्रवन्धक जीवन प्रसाईले बताए पनि यस्तो नभएको बिमा समितिले जनाएको छ ।

Mr. Kamal Gautam                      CHIEF EXECUTIVE OFFICER

समितिको निर्देशिका अनुसार बीमा कम्पनीको संस्थापक शेयर धनीको शेयर अनुपात अधिकतम ७० प्रतिशत र न्यूनतम ५१ प्रतिशत हुनुपर्ने छ भने सर्वसाधारण समूहतर्फ न्यूनतम ३० प्रतिशत र अधिकतम ४९ प्रतिशत हुनुपर्ने प्रावधान छ ।

समितिले भनेको छ, ‘हल्लाको भरमा जनतालाई महँगो शेयर बेच्न पाइँदैन । अहिले ६०० प्रतिशत हकप्रद दिने भन्दै भाउ बढाएर शेयर किनबेच खेतानबाटै भएकाले हामी छानविन गर्दछौं ।

यता प्रसाईका अनुसार समितिले निर्देशन जारी गर्नु पूर्वनै शेयर संरचना परिवर्तन भएकाले त्यसलाई संचालक समितिले समेत सदर गरिसकेको दाबी गरे पनि यस्तो नभइकन ति शेयर आफ्नै आफ्नालाई दिई प्रक्रिया मिलाएको बिमा समितको ठम्याई छ ।

समितिका निर्देशक राजुरमण पौडेलका अनुसार कम्पनीको शेयर संरचना पहिलेनै परिवर्तन भएकोले अध्ययन गरेर निर्णयमा पुगिने बताए । समितिको निर्देशिका अनुसार बीमा कम्पनीको संस्थापक शेयर धनीको शेयर अनुपात अधिकतम ७० प्रतिशत र न्यूनतम ५१ प्रतिशत हुनुपर्ने छ भने सर्वसाधारण समूहतर्फ न्यूनतम ३० प्रतिशत र अधिकतम ४९ प्रतिशत हुनुपर्ने प्रावधान छ । ‘तर एभरेष्ट इन्स्योरेन्समा यस्तो देखिएको छैन हामी अनुसन्धानमै छौं ।

बद्मासी भएको शंका लागेकाले अध्ययन गरेर मात्रै हकप्रद दिने वा नदिने हामी निर्णय गर्दछौं,’ स्रोतले भन्यो ।
जेभए पनि जनताको पैसा लुट्ने र फसाउने काम हुनु राम्रो संकेत होइन । राजतिलक साप्ताहिक

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि