• होमपेज
  • अटो
  • मोजो ३०० सि.सि. बाइकको विक्री शुरु

मोजो ३०० सि.सि. बाइकको विक्री शुरु

  • बिहिबार, पुस २७, २०७४
मोजो ३०० सि.सि. बाइकको विक्री शुरु

महिन्द्रा ग्रुप अन्तर्गतको महिन्द्रा टु ह्विलर्सका आधिकारीक वितरक अग्नि ग्रुप अन्तर्गत अग्नि मोटो इन्कले वहु प्रतिक्षित मोजो बाइक हालै पोखरामा आफ्नो आधिकारीक विक्रेता एसियन अटो मोबाइलस् माफर्त विक्री प्रारम्भ गरेको छ ।

यस बाइकलाई सफल राष्ट्रिय औद्योगिक व्यापार मेला अवधिभर खरिद गर्नुहुने प्रथम केही ग्राहक हरुलाई अग्निमोटो इन्कले अफिसियल मोजो ज्याकेट प्रदान गरिने भएको छ । महिन्द्राको मोजोले आफ्नो उच्चक्षमता, स्टाइल तथा गुणस्तरीयता प्रदर्शन गर्ने विश्वास लिइएको छ ।

साहसिक, मजेदार Predator स्टाइलिङ्ग सहितका masculine डिएनए भएको महिन्द्रा मोजोमा लिक्यिड कुल ३०० सिसि इन्जिन रहेको छ । EFI सिलिन्डर इन्जिन जसले २७ bhp को उच्चतम क्षमता तथा ३०Nm को टर्ग क्षमता प्रस्तुत गर्दछ ।

MOJOमा उच्च टरसिनल रिजिडिटि भएको ट्वीन ट्यूब फ्रेम, इन्भर्टेड फ्रन्ट फोर्क, रिजिड ट्रिपल क्ल्याम्प् माउन्टिङ, हाई प्रेसर ग्यास–चार्ज भएको अफसेट रियर मोनो शक्स र सेपरेटर फ्लोटिङ्ग पिस्टन रहेको छ । अन्तर्राष्ट्रिय साझेदारीका साथनिर्माण गरिएको यो बाइले बाइकपारखीहरुलाई उच्चतम अनुभव प्रदानगर्ने छ ।

Facebook Comments

सम्बन्धित समाचार