• होमपेज
  • फिचर
  • काठमाडौंकै नगरपालिकामा छैन कुनै बैंक

काठमाडौंकै नगरपालिकामा छैन कुनै बैंक

  • बुधबार, पुस २६, २०७४
काठमाडौंकै नगरपालिकामा छैन कुनै बैंक

बैंकहरुका कुरा मात्र ठुला
दुर्गम र दुरदराजमा विकास बैंक पुगेपनि वाणिज्य बैंक पुगेको छैन । एउटा अचम्मको कुरा के छ भने राजधानीकै १० किलोमिटर पूर्व गोकर्णमा समेत बैंक पुगेको छैन । कुरा ठुला गर्ने कम नगर्ने जनताको रगत पसिनाबाट ७ लाख देखि १२ लाख तलब खाने वाणिज्य बैंकका सिइओलाई लाज किन लागेको छैन ?

एउटा यस्तो कथा छ जो वाणिज्य बैंक भन बढी शाखा लिएर गाउँ पुगेका तीन विकास बैंक छन् । शाखा सञ्जालमा सबैभन्दा मजबुद विकास बैंक पनि हो, मुक्तिनाथ विकास बैंक । मुक्तिनाथको शाखा सबैभन्दा धेरै छन् । बैंकले मुलुभर ७२ वटा शाखा विस्तार गरिसकेको छ ।

आगामी दिनहरुमा पनि शाखा विस्तारलाई प्राथमिकतामा राख्ने बैंकको योजना छ । जनता बैंकमा होइन, बैंक जनतामा जानुपर्छ भन्ने मूल नारा लिएर अगाडी बढिरहेको यस विकास बैंकको सीईओ भरतराज ढकाल छन् । २०६३ सालमा स्थापना भएको बैंक छोटो समयमा नै राम्रो छाप छोड्न सफल भएको छ । यस्तै महालक्ष्मी विकास बैंकले हालसम्म पूर्व मेचिदेखि पश्चिम महाकालीसम्म ७० वटा शाखा विस्तार गरिसकेको छ ।

एक दुई वर्ष्िभत्रमा शाखा नपुगेका स्थानहरुमा १५ देखि २० वटासम्म थप शाखा विस्तार गर्ने बैंकको योजना छ । बैंकले बैतडी, दार्चुला, बझाङ, बाजुरा जस्ता अति दुर्गम क्षेत्रमा शाखा विस्तार गर्न लागेको महालक्ष्मी विकास बैंकका सीईओ कृष्णराज लामिछानेले बताए । महालक्ष्मी हालै यती डेभलपमेन्ट बैंकसँग गाभिएर चुक्तापुँजी, ग्राहक संख्या लगायतमा विकास बैंकहरुमध्येकै अब्बल बन्न सफल भएको छ ।

त्यसैगरी धेरै शाखा भएका विकास बैंकहरुमा गण्डकी विकास बैंक तेस्रो स्थानमा छ । बैंकले ५३ वटा शाखामार्फत सेवा दिइरहेको छ । बैकले निकट भविष्यमा काठमाडौँको नयाँ बानेश्वर, रुपन्देहीको बेलहिया, नेपालगञ्ज, घोराही, धनगढी, हेटौँडा, तानसेन, पोखराको रत्नचोक र चितवनको पर्सामा नयाँ शाखा खोल्ने तयारी गरिरहेको छ । फेवा विकासक बैंकसँग मर्जरमा गएर मजबुद बनेको यो बैंकको सीईओ रेशम बहादुर थापा रहेका छन् ।

यी तीन वटा विकास बैंक भन्दा कम शाखा एनबी बैंक लिमिटेड, स्टेण्डर चार्डड बैंक लिमिटेड र हिमालयन बैंक लिमिटेडको छ । राष्ट्र बैंक भनिरहेको छ । शाखा स्थानीय तहमा पु¥याउ तर हिमालयन र एनबी बैंक सुनेको नसुने गरेर बसेको छन् । गर्भनर डा.चिरनजीवी नेपाल यी दुवै बैंकलाई कारवाही गर्ने सक्दैन के कारण हो हामी खोजी रहेका छौं ।राजतिलक साप्ताहिक

Facebook Comments

सम्बन्धित समाचार