• होमपेज
  • प्रविधि
  • टेलिकमको तिहार तथा छठ विशेष छुट र अफर

टेलिकमको तिहार तथा छठ विशेष छुट र अफर

  • मङ्लबार, अशोज ३१, २०७४
टेलिकमको तिहार तथा छठ विशेष छुट र अफर

काठमाडौं, असोज ३१ –

दसैँमा विभिन्न अफर र छुटको योजना ल्याएको नेपाल टेलिकमले तिहार तथा छठ पर्वको अवसरमा पनि छुट तथा अफर उपलब्ध गराएको छ । टेलिकमले तिहार तथा छठको अवसरमा कात्तिक १ देखि १५ गतेसम्म प्रयोग गर्न सकिने गरी विभिन्न अफर उपलब्ध गराएको हो ।
१. रिचार्जमा बोनस:
जिएसएम तथा सिडिएमए प्रिपेड मोबाइलमा रिचार्ज कार्डमार्फत रिचार्ज गर्दा बोनस उपलब्ध गराइएको छ । ५०, १ सय ,२ सय, ५ सय र १ हजार रुपैयाँका रिचार्ज कार्ड मार्फत रिचार्ज गर्दा १० प्रतिशत बोनस उपलब्ध गराइएको छ । त्यसैगरी १० रुपैयाँ र सो भन्दा बढी एम्पोस मार्फत रिचार्ज गर्दा समेत १० प्रतिशत बोनस उपलब्ध गराइएको छ । यो अफर २०७४ कात्तिक १ देखि ३ गतेसम्म रहने छ ।
२. युट्युब डाटा प्याक:
जिएसएम प्रिपेड तथा पोष्टपेड मोबाइलमा युट्युब डाटा प्याक अन्तर्गत एक सय रुपैयाँमा १ जिबी डाटा भोल्युम प्राप्त हुने व्यवस्था छ । यो प्याक २१ दिनको अवधिसम्म प्रयोग गर्न सकिन्छ । त्यसैगरी ६० रुपैयाँमा ५ सय एमबी डाटा भोल्युम १४ दिनका लागि उपलब्ध गराएको छ । यो प्याक २०७४ कात्तिक १ देखि १५ गतेसम्म लिइसक्नु पर्ने टेलिकमले जनाएको छ ।
३. कम्बो प्याक:
जिएसएम तथा सिडिएमए प्रिपेड÷पोष्टपेड मोबाइलमा कम्पनीकै नेटवर्कभित्र भ्वाइस, एसएमएस र डाटा प्याकेज अन्तर्गत १० रुपैयाँमा ६ मिनेट भ्वाइस, ५ वटा एसएमएस र १५ एमबी डाटा भोल्युम प्राप्त हुने गरी कम्बो प्याक उपलब्ध गराएको छ । यो प्याकेज १ दिनको अवधिसम्म प्रयोग गर्न सकिने व्यवस्था छ । त्यसैगरी २५ रुपैयाँमा १६ मिनेट भ्वाइस, १६ वटा एसएमएस र ३५ एमबी डाटा भोल्युम ३ दिन अवधिका लागि उपलब्ध गराइएको छ । ५० रुपैयाँमा ४५ मिनेट भ्वाइस, २५ वटा एसएमएस र ७० एमबी डाटा भोल्युम ५ दिन, १ सय रुपैयाँमा ११० मिनेट भ्वाइस, ३० वटा एसएमएस र १५० एमबी डाटा भोल्युम १० दिन तथा ३ सय रुपैयाँमा ३६० मिनेट भ्वाइस, ४० वटा एसएमएस र ६ सय एमबी डाटा भोल्युम ३० दिनका लागि उपलब्ध हुने व्यवस्था छ । यो प्याक कात्तिक १ देखि १५ गतेसम्म लिन सकिने छ ।
४. भ्वाइस प्याक:
जिएसएम तथा सिडिएमए प्रिपेड/पोष्टपेड मोबाइलमा कम्पनीकै नेटवर्कभित्र भ्वाइस प्याक अन्तर्गत १० रुपैयाँमा ११ मिनेट भ्वाइस कल प्राप्त हुने व्यवस्था छ । यो प्याकेज १ दिनको अवधिसम्म प्रयोग गर्न सकिने व्यवस्था छ । त्यसैगरी २५ रुपैयाँमा ३० मिनेट ३ दिन अवधिका लागि प्याकेज उपलब्ध छ । ५० रुपैयाँमा ७५ मिनेट ५ दिन, १ सय रुपैयाँमा २ सय मिनेट १० दिन र ३ सय रुपैयाँमा ६ सय ५० मिनेट ३० दिनका लागि उपलब्ध गराएको छ । यो प्याक कात्तिक १ देखि १५ गतेसम्म लिन सकिने छ ।
५. पिएसटिएन, सिडिएमए फोनमा बोनस:
पिएसटिएन, सिडिएमए फोन सेवाका ग्राहकहरुलाई न्यूनतम मासिक महसुल २ सय रुपैयाँमा १ सय ७५ स्थानीय कल निःशुल्क उपलब्ध गराइरहेकोमा कात्तिक महिनामा १ सय स्थानीय कल थप गरी न्यूनतम मासिक महसुलमा कुल २ सय ७५ कल निःशुल्क उपलब्ध गराएको छ ।
६. एडिएसएल, एफटिटिएच, वाइम्याक्स अफर:
कात्तिक २ देखि ८ गतेभित्र अनलिमिटेड र भ्योलुम बेस एडिएसएल अकाउन्टको समयावधि समाप्त हुने ग्राहकहरुको समयावधि कात्तिक ९ गतेसम्म थप भएको छ । त्यसैगरी सोही अवधिमा एफटिटिएच, वाइम्याक्सको समयावधि समाप्त हुने ग्राहकहरुको समयावधि पनि कात्तिक ९ गतेसम्म थप गरेको छ ।
७. एसएमएस छुट:
जिएसएम तथा सिडिएमए प्रिपेड/पोष्टपेड सेवामार्फत कम्पनीकै नेटवर्कभित्र हुने एसएमएस सेवाको विद्यमान महसुल दरमा कात्तिक २ देखि ९ गतेसम्म ५० प्रतिशत छुट उपलब्ध गराइएको छ । उक्त अवधिमा कम्पनीको नेटवर्कभित्र ५० पैसामा एसएमएस गर्न सकिने व्यवस्था गरिएको टेलिकमले जनाएको छ ।
८. फोरजी सिम निःशुल्क परिवर्तन:
कम्पनीले कात्तिक १ गते देखि कात्तिक ३० गतेसम्म फोरजी सेवा लिनका लागि आवश्यक पर्ने सिम (यू सिम) निःशुल्क परिवर्तन गर्न सकिने व्यवस्था गरेको छ । फोरजी सेवा उपलब्ध भएका काठमाडौं, ललितपुर र भक्तपुर तथा पोखराका नेपाल टेलिकमका काउन्टरबाट यू सिम परिवर्तन गर्न सकिने टेलिकमले विज्ञप्तीमार्फत जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि