• होमपेज
  • प्रविधि
  • ताप्लेजुङमा तीन महिनादेखि मोवाइलको टावर बन्द

ताप्लेजुङमा तीन महिनादेखि मोवाइलको टावर बन्द

  • बिहिबार, अशोज २६, २०७४
ताप्लेजुङमा तीन महिनादेखि मोवाइलको टावर बन्द

ताप्लेजुङ,असोज २६ –

विगत तीन महिनादेखि मोवाइलको टावरमा आएको खराबीका कारण ताप्लेजुङको पूर्वी क्षेत्रका बासिन्दा सञ्चार सुविधाबाट वञ्चित भएका छन् ।

ताप्लेजुङको सिरिजंघा–७ स्थित खेवाङमा रहेको पोष्टपेड तथा प्रिपेड मोबाइल फोनको टावरमा गएको असारदेखि नै खराबी आए पनि हालसम्म मर्मत नगरिँदा स्थानीय सेवाग्राही टेलिफोन सेवाबाट वञ्चित हुनु परेको हो ।
टावर जडान गरिएको तीन महिना नपुग्दै खराबी आए पनि बन्द भएको तीन महिना बितिसक्दासम्म मर्मत भएको छैन । वैशाखमा जडान गरिएको टावरमा असार १४ गते नै खराबी आएको स्थानीयवासी भानुभक्त गौतमले बताउनुभयो । खराबी भएको तीन महिना बितिसक्दासम्म मर्मत नगरिँदा त्यहाँका पोष्टपेड तथा प्रिपेड मोबाइल प्रयोगकर्ता मर्कामा परेका छन् ।

उक्त मोबाइल टावरको सेवा क्षेत्र जिल्लाको दुर्गम भेग पर्छ । साबिकको याम्फुदिन, मामांखे, खेवाङ, सुरुम्खिम, मेहेले, पेदाङ, आम्वेगुदिन, पेदाङ, तेल्लोक, सिकैचा लगायतका गाविसवासीले सो टावरबाट सेवा लिँदै आएका छन् । अन्य स्काई तथा एनसिएलको समेत राम्रो नेटवर्क नआउने भएकाले त्यहाँका बासिन्दालाई थप समस्या भएको छ । इलाममा रहेको एकीकृत मर्मत सम्भार इकाईको कार्यालयलाई खराबी आउनासाथ खबर गरे पनि हालसम्म चासो नदिएको स्थानीयवासीको आरोप छ ।

यता टावरमा आएको खराबीबारे कार्यालयले चासो राखेको र केही दिनमा नै मर्मत हुने कार्यालयका इञ्चार्ज ज्ञाननाथ सापकोटाले बताउनुभयो । टावरको रेडियो लिंकमा खराबी आएको र मर्मतका लागि केही सामान क्षेत्रीय कार्यालयबाट मगाउनु परेको र टावर राखिएको ठाउँमा पुग्न निकै समय लाग्ने भएकाले पनि ढिलाइ भएको सापकोटाको भनाइ छ । ताप्लेजुङसहित पूर्वी क्षेत्रमा जडान गरिएका विटिएस टावरको मर्मतसम्भार उक्त कार्यालयले नै गर्दै आएको छ । – रासस

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि