• होमपेज
  • समाचार
  • ‘जमुना भाउजुले हतार गर्नुभयो, तर पनि उहाँलाई चुनावी मैदानमा स्वागत छ’ – भवन भट्ट

‘जमुना भाउजुले हतार गर्नुभयो, तर पनि उहाँलाई चुनावी मैदानमा स्वागत छ’ – भवन भट्ट

  • बिहिबार, अशोज २६, २०७४
‘जमुना भाउजुले हतार गर्नुभयो, तर पनि उहाँलाई चुनावी मैदानमा स्वागत छ’ – भवन भट्ट

काठमाडौ,असोज २६ –

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आठौं विश्व सम्मेलनका अध्यक्षका उम्मेद्धवार एवम् बर्तमान उपाध्यक्ष भबन भट्टले अध्यक्षको लागि आजमात्रै उम्मेद्धवार घोषणा गरेकी जमुना गुरुङलाई चुनावी प्रतिष्पर्धामा उत्रिएकोमा स्वागत गरेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै भट्टले यस्तो बताएका हुन् । उनले भने,‘जमुना भाउजुले आज उम्मेद्धवार घोषणा गर्नुभयो, यसलाई मैले स्वभाविक देख्दिन्, तर पनि लोकतन्त्रको सुन्दर पक्ष भनेको नै चुनाव हो, उहाँ आउनुभयो अब चुनावी मैदानमा उहाँलाई स्वागत छ।’ यद्धपी उनले सम्पूर्ण गैरआवासीय नेपालीहरुको समस्या, पीर, मर्काहरु बुझेको र अन्र्तराष्ट्रिय कोर्डिनेशन कमिटीमा बसेर काम गरेको मान्छे नेतृत्वको लागि उपर्युक्त हुने बताए ।

सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै भट्टले अध्यक्षका अर्का प्रत्यासी गुरुङ मुलुकले नै गर्व गर्न लायक व्यक्तित्व भएको भन्दै अहिले नै संस्थाको अध्यक्षमा आउन खोज्नु हतार भएको गुनासो पोखे । यद्धपी गुरुङ्ले आफूमा कन्फिडेन्स देखेर नै चुनावी मैदानमा आएकोले आफूले त्यसलाई सहर्ष स्विकार गर्ने उनको भनाई थियो ।

भट्टले आफ्नो जीतको पहिलो आधार नै सम्पूर्ण एनआरएनए साथीहरु भएको विश्वास दिलाए । उनले भने,‘म त लगभग साझा उम्मेद्धवारको रुपमा उभिएको छु, हुन त यो बीचमा सर्वसम्मतीले नेतृत्व चयन हुनेभयो भनेर साथीहरु खुशी हुनुभएको थियो, तर जमुना भाउजुले अन्तिम समयमा आएर उम्मेद्धवारी दिनुभयो, यो म स्वभाविक देख्दिन्।’ उनले आफूलाई संस्थाका संस्थपक अध्यक्षद्धय डा. उपेन्द्र महतो, जीवा लाछिाने र हालका अध्यक्ष डा. शेष घलेको पनि पूर्ण साथ र सहयोग रहेको विश्वास दिलाए ।

उनले यसअघि एनआरएन जापानको अध्यक्ष तथा एनआरएन अन्तराष्ट्रिय समन्वय परिषदको कोषाध्यक्षका रुपमा बसी कार्यसम्पादन गरि सकेका कारण अध्यक्षमा पनि आफु सफल हुने विश्वास दिलाए । भट्टले वर्तमान नेतृत्वले अघि बढाएको लाप्राक नमुना वस्ती निर्माणलाई समयमै सक्ने गरी काम गरिने पनि प्रतिबद्धता जनाए । भट्टले वर्तमान नेतृत्वले अघि सारेको एनआरएनको भिजन ट्वान्टी–ट्वान्टी एण्ड वियोन्ड, सामुहिक लगानीका परियोजना निर्माण लगायतका कार्यक्रमलाई निरन्तरता दिने विश्वास दिलाए ।

उनले एनआरएन भवन निर्माणलाई पनि प्राथमिकता दिने बताए । एनआरएनएमा आवद्ध वैदेशिक रोजगारीमा रहेका नेपालीको बीमा गर्ने, स्टार्टअप फन्डको व्यवस्था गर्ने, स्मार्ट एनआरएन बनाउने लगायतका नयाँ एजेण्डा उनले सुनाएँ । उनले आफूहरुको संस्था नेपालीहरुको लागि नेपाली भन्ने पवित्र उद्देश्यका साथ स्थापना भएको उल्लेख गर्दै स्थापनाकालदेखि नै आफू सक्रिय भएर लागिरहेको जनाए । उनले भने,‘हाम्रो संस्था वास्तवमै भोलुटियर्स संस्था हो, हामी अहिले राष्ट्रको समृद्धिको लागि लागिपरिरहेका छौं, हाम्रो अरु कुनै उद्देश्य छैन, मुलुक समृद्ध भएको हेर्न मन छ।’

भट्टले संस्थालाई सशक्त रुपमा डा«ईभ गर्नको लागि आवासीय र गैरआवासीय नेपालीहरुवीच जोड्ने काम गर्ने लक्ष्य लिएको पनि सुनाए । उनले विश्वभरि छरिएर रहेका गैरआवासीय नेपालीहरुको मनमा सँधै नेपाल र नेपाली नै रहेको बताउँदै भने,‘हुन पनि म यो पटक नयाँ नाराका साथ अघि बढेको छु, नयाँ युगको सुरुवात : सबै हात, एकै साथ भनेर, यो सबैलाई जोड्ने उद्देश्य हो।’

उनले आफू नेतृत्वमा आएसँगै एनआरएनए भर्जन–२ मा आउने अर्थात नयाँ ईरा सुरु हुने बताए । उनले भने,‘म विश्वास दिलाउन चाहन्छु, अब तपाईहरुले नयाँ नेतृत्वमा म आएँ भने भवन भट्टलाई नयाँ रुपमा पाउनुहुनेछ।’

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि