• होमपेज
  • समाचार
  • कुवेतबाट नवलपरासीका एक युवाको उद्धार

कुवेतबाट नवलपरासीका एक युवाको उद्धार

  • बिहिबार, अशोज १९, २०७४
कुवेतबाट नवलपरासीका एक युवाको उद्धार

नवलपरासी,असोज १९-

वैदेशिक रोजगारीको सिलसिलामा विगत १० वर्षदेखि कुवेतमा रहँदै आएका एक नेपाली कामदारको उद्धार गरिएको छ। कुवेतको विकट ओफ्रा भन्ने ठाउँमा भेंडा चराउने काम गर्दैआएका नवलपरासी बर्दघाट नगरपालिका–१६ निवासी मीनराज भुसाल १० वर्षपछि घर फर्किएका हुन्।

लुम्बिनी समाज नेपाल कुवेतका अध्यक्ष रुपेनविक्रम हमालको सहयोगमा भुषाललाई घर फर्काइएको हो। दश वर्ष बितिसक्दा पनि भुसाल घर नफर्केपछि अलपत्र परेको हुनसक्ने आशंका परिवारले गरेपछि समाजले भुसालको उद्धार गरेको हो। रासस

Facebook Comments

सम्बन्धित समाचार