• होमपेज
  • प्रविधि
  • टेलिकमले ल्यायो दशै अफर ,रिचार्जमा बोनसदेखि फोरजी सिम निःशुल्कसम्म

टेलिकमले ल्यायो दशै अफर ,रिचार्जमा बोनसदेखि फोरजी सिम निःशुल्कसम्म

  • बुधबार, अशोज ४, २०७४
टेलिकमले ल्यायो दशै अफर ,रिचार्जमा बोनसदेखि फोरजी सिम निःशुल्कसम्म

काठमाडौं, असोज ४ –

नेपाल टेलिकमले विजया दशमीको उपलक्ष्यमा विभिन्न छुट सेवा दिने भएको छ । रिचार्जमा बोनसदेखि फोरजी सिम निःशुल्कसम्मका योजना टेलिकमले सार्वजनिक गरेको छ ।

रिचार्जमा बोनस
जिएसएम तथा सिडिएमए प्रिपेड मोबाइलमा रिचार्ज कार्डमार्फत रिचार्ज गर्दा बिहीबारदेखि आउँदो १० गतेसम्म ५० देखि एक हजार रुपैयाँसम्म रिचार्ज गर्दा १० प्रतिशत बोनस दिने भएको छ । त्योभन्दा बढी एम्पोसमार्फत रिचार्ज गर्दा पनि १० प्रतिशत बोनस दिने टेलिकमले जनाएको छ ।

युट्युब डाटा प्याकेज
जिएसएम प्रिपेड तथा पोष्टपेड मोबाइलमा युट्युब डाटा प्याकेज अन्तर्गत एक सय रुपैयाँमा १ जिबी डाटा भोल्युम प्राप्त हुनेछ । यो प्याकेज २१ दिनको अवधिसम्म प्रयोग गर्न सकिने छ । त्यसैगरी ६० रुपैयाँमा ५ सय एमबी डाटा भोल्युम १४ दिनका लागि उपलब्ध हुनेछ । यो प्याकेज बिहीबारदेखि आउँदो १९ गतेसम्म लिइसक्नु पर्ने छ ।

कम्बो प्याकेज
जिएसएम तथा सिडिएमए प्रिपेड÷पोष्टपेड मोबाइलमा कम्पनीकै नेटवर्क भित्र भ्वाइस, एसएमएस र डाटा प्याकेज अन्तर्गत १० रुपैयाँमा ६ मिनेट भ्वाइस, ५ वटा एसएमएस र १५ एमबी डाटा भोल्युम प्राप्त हुनेछ । यो प्याकेज १ दिनको अवधिसम्म प्रयोग गर्न सकिने छ । त्यसैगरी २५ रुपैयाँमा १६ मिनेट भ्वाइस, १६ वटा एसएमएस र ३५ एमबी डाटा भोल्युम ३ दिन अवधिका लागि उपलब्ध हुनेछ । ५० रुपैयाँमा ४५ मिनेट भ्वाइस, २५ वटा एसएमएस र ७० एमबी डाटा भोल्युम ५ दिन, १ सय रुपैयाँमा ११० मिनेट भ्वाइस, ३० वटा एसएमएस र १५० एमबी डाटा भोल्युम १० दिन र ३ सय रुपैयाँमा ३६० मिनेट भ्वाइस, ४० वटा एसएमएस र ६ सय एमबी डाटा भोल्युम ३० दिनका लागि उपलब्ध हुनेछ । यो प्याकेज बिहीबारदेखि १९ गतेसम्म लिइसक्नु पर्ने छ ।

भ्वाइस प्याकेज
जिएसएम तथा सिडिएमए प्रिपेड÷पोष्टपेड मोबाइलमा कम्पनीकै नेटवर्क भित्र भ्वाइस प्याकेज अन्तर्गत १० रुपैयाँमा ११ मिनेट भ्वाइस कल प्राप्त हुनेछ । यो प्याकेज १ दिनको अवधिसम्म प्रयोग गर्न सकिने छ । त्यसैगरी २५ रुपैयाँमा ३० मिनेट ३ दिन अवधिका लागि उपलब्ध हुनेछ । ५० रुपैयाँमा ७५ मीनेट ५ दिन, १ सय रुपैयाँमा २०० मिनेट १० दिन र ३ सय रुपैयाँमा ६५० मिनेट ३० दिनका लागि उपलब्ध हुनेछ । यो प्याकेज बिहीबारदेखि १९ गतेसम्म लिइसक्नु पर्ने छ।

पिएसटिएन सेवामा बोनस
पिएसटिएन (पोस्टपेड फिक्स्ड) सेवाका ग्राहकहरुलाई न्युनतम मासिक महसुल दुईसय रुपैयाँमा १७५ स्थानिय कल निःशुल्क उपलब्ध गराइरहेकोमा असोज र कात्तिक महिनामा एक सय स्थानिय कल थप गरी न्यूनतम मासिक महसुलमा कुल २ सय ७५ कल निःशुल्क उपलब्ध गराइएको टेलिकमले जनाएको छ ।

एडिएसएल, एफटीटीएच र वाइम्याक्स अफर
आउँदो ११ गतेदेखि १८ गतेभित्र अनलिमिटेड र भ्योलुम बेस एकाउन्टको समयावधि समाप्त हुने ग्राहकहरुको समयावधि मिति १९ गतेसम्म थप पनि टेलिकमले जनाएको छ । त्यसैगरी आउँदो ११ गतेदेखि १८ गतेभित्र एफटीटीएच र वाइम्याक्स एकाउन्टको समयावधि समाप्त हुने ग्राहकहरुको समयावधि पनि १९ गतेसम्म थप गरिएको छ ।

एसएमएसमा छुट
जिएसएम तथा सिडिएमए प्रिपेड/पोष्ट सेवामार्फत टेलिकमकै नेटवर्क भित्र हुने एसएमएस सेवाको विद्यमान महसुल दरमा मिति आउँदो ११ गतेदेखि १९ गतेसम्म ५० प्रतिशत छुट हुने भएको छ । त्यस अवधिमा टेलिकमको नेटवर्कभित्र ५० पैसामा एसएमएस गर्न सकिनेछ ।
फोरजी सिम निःशुल्क परिवर्तन
टेलिकमले बिहीबारदेखि कात्तिक ३० गतेसम्म फोरजी सेवा लिनका लागि आवश्यक पर्ने सिम (यू सिम) परिवर्तन निःशुल्क गर्ने भएको छ । यो सेवा टेलिकमका काठमाडौं, ललितपुर, भक्तपुर र कास्की जिल्लाका काउन्टरहरु मार्फत उपलब्ध हुनेछ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि