• होमपेज
  • प्रविधि
  • यस्तो छ एप्पलको आइफोन एक्स, आइफोन ८ र ८ प्लस !

यस्तो छ एप्पलको आइफोन एक्स, आइफोन ८ र ८ प्लस !

  • बुधबार, भदौ २८, २०७४
यस्तो छ एप्पलको आइफोन एक्स, आइफोन ८ र ८ प्लस !

एजेन्सी,भदौं २८-

एप्पलले एकसाथ तीनवटा नयाँ मोडलका स्मार्टफोन सार्वजनिक गरेको छ । आइफोन ७ सेरिजको अपग्रेडका रुपमा आइफोन ८ र ८ एस सार्वजनिक भएका छन् ।आइफोनको सुरुवात भएको १० बर्ष पुगेको अबसरमा एप्पलले आइफोन एक्स अर्थात् आइफोन १० पनि सार्वजनिक गरेको छ जसमा आइफोनका अघिल्ला सेरिजमा भन्दा धेरै नयाँ फिचरहरु समावेश गरिएका छन् ।

एप्पल प्रमुख कार्यकारी टीम कुकले गएराती एप्पल मुख्यालयमा आयोजित बिशेष कार्यक्रममा यी तीनवटै मोडल सार्वजनिक गरे ।

यस्तो छ आइफोन एक्स

आइफोनले आफुलाई प्रतिस्पर्धी स्मार्टफोनको हाराहारीमा राख्न आइफोन एक्समा भरपुर नयाँ फिचरहरु लोड गरेको छ । ५.८ इन्चको सुपर रेटिना डिस्प्लेयुक्त यो फोनमा अहिलेसम्मकै उत्कृष्ट पिक्चर डेन्सीटी रहेको छ ।

आइफोनमा १० मा अनुहार चिन्ने प्रबिधि- फेस आइडी पनि समावेश छ । अब आइफोनले तपाइको अनुहारलाई पासवर्ड मान्ने छ र आफ्नो फोन खोल्न तपाइले अनुहार देखाउनुपर्ने छ । एप्पलको दावी छ कि, तपाइले गग्स लगाएको भए पनि र ह्याट लगाएको भए पनि आइफोनले तपाइको अनुहार चिन्न सक्छ ।

यो फोनमा होम बटन हटाइएको छ । त्यसको विकल्पको रुपमा डेफ्थ सेन्सर भएको फ्रन्ट क्यामेरालाई अगाडी सारिएको छ ।

आइफोन १० मा पछाडीतिर दुईवटा १२ मेगापिक्सेलका क्यामेरा राखिएको छ । वायरलेस चार्जिङयुक्त यो फोनमा ३० मिनेटमा ५० प्रतिशत चार्ज हुने कम्पनीको दावी छ । आइफोन ७ मा भन्दा झण्डै दुई घण्टा ब्याट्री लाइफ यसमा बढी छ ।

आइफोन १० ६४ जीवी र २५६ जीवी गरी दुई स्टोरेज क्षमतामा उपलब्ध हुनेछ भने स्पेश ग्रे र सिल्भर गरी दुई कलरमा उपलब्ध हुने छ ।

६४ जीवीको आइफोन १० को खुला बजार मूल्य ९ सय ९९ अमेरिकी डलरबाट सुरु हूने छ । यसको मतलव यो फोन नै अहिलेसम्मको सवैभन्दा महंगो आइफोन हो । आइफोन १० को पि्र बुकिङ अक्टोबर २७ बाट सुरु हुने छ भने नियमित बिक्रि नोभेम्बर ३ बाट हुने छ ।

आइफोन ८ र ८ प्लस

आइफोन ७ सेरिजको नियमित अपग्रेडका रुपमा आइफोन ८ र ८ प्लस पनि सार्वजनिक भएका छन् ।

सानो आकारको आइफोन ८ को साइज ४.७ इन्चको हुने छ भने आइफोन ८ प्लस ५.५ इन्चको साइजमा उपलब्ध हुने छ । दुवैमा रेटिना एचडी डिस्प्ले छ । यसमा कम्पनीको सवैभन्दा आधुनिक ए११ चिप प्रयोग गरिएको छ । यो चिप ए१० भन्दा भन्दा ७० प्रतिशत फास्ट रहेको छ जुन आइफोन ७ सेरिजमा प्रयोग गरिएको थियो ।

आइफोन ८ मा एउटा १२ मेगापिक्सेलको क्यामेरा प्रयोग गरिएको छ भने ८ प्लसमा दुइवटा क्यामेरा छन् । यी दुवैमा वायरलेस चार्जिङले सपोर्ट गर्छ भने लिल्भर, स्पेश ग्रे र गोल्ड गरी तीनवटा रंगमा उपलब्ध हुनेछन् ।

 

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि