• होमपेज
  • अटो
  • नविन अटोको ‘यामाहा मेगा एक्सचेन्ज’ अफर

नविन अटोको ‘यामाहा मेगा एक्सचेन्ज’ अफर

  • आइतवार, भदौ १८, २०७४
नविन अटोको ‘यामाहा मेगा एक्सचेन्ज’ अफर

चितवन, भदौं १८–

नविन अटो सेन्टर नारायणगढले ’यामाहा मेगा एक्सचेन्ज‘ अफर ल्याएको छ । यही भदौं १६ देखि सुरु भएको एक्सचेन्ज अफर २० गतेसम्म चल्नेछ । पाँच दिने एक्सचेन्ज अफरमा पुराना मोटरसाईकल दिएर नयाँ मोटरसाईकल लैजादा लक्की ड्र को समेत व्यवस्था गरिएको छ ।

यामाहाका कुनै पनि मोटरसाईकल वा स्कूटरको खरिदमा नगद ७ हजार रुपैयाँ छुट, लक्की ड्रबाट हरेक हप्ता नगद एक लाख रुपैयाँ तथा बम्पर उपहारमा स्कोडा र्‍यापिड कार जित्ने मौका समेत रहेको नविन अटो सेन्टरका प्रवन्ध निर्देशक कपिलसागर कर्माचार्यले जानकारी दिनुभयो । यस्तै कुनै पनि ब्राण्डका मोटरसाईकल एक्सचेन्ज गर्दा थप छुट स्वरुप स्क्र्याच कार्डबाट १० हजार रुपैयाँसम्मको छुट पाउन सकिने नविन अटोले जनाएको छ ।

यस अफरमा ग्राहकहरु उत्साहपूर्ण रुपमा सहभागिता जनाईरहेको नविन अटोकी संचालिका सुनिता कर्माचार्यले जानकारी दिनुभयो ।

Facebook Comments

सम्बन्धित समाचार